भैरहवामा सामाजिक बिकास डिभिजन कार्यालय

प्रतिक पौडेल

भैरहवा, मंसिर २४ । प्रदेश नं ५ सामाजिक बिकास मन्त्री शुदर्शन बरालले कर्मचारीमा मनोवृती सुधार्न पर्ने बताउनु भएको छ । बरालले कर्मचारी राष्ट्रसेवक भएकोले शासक जस्तो नभएर सेवकको जस्तो सकारात्मक मनोवृती बनाउनु पर्ने जानकारी दिनुभयो । मंगलवार भैरहवामा प्रदेश नं ५ समाजिक बिकास मन्त्रालय अन्तर्गतको सामाजिक बिकास डिभिजन कार्यालयको उद्धघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले कर्माचारीले गर्ने सेवा प्रवाहमा समस्या देखिएकोले सुधार हुनुपर्ने बताउनु भयो । बरालले भन्नुभयो जनता लाई छिटोछरितो सेवा प्रवाहमा ध्यान दिनुपर्छ, सेवा प्रवाह कसरी गर्ने ध्यान दियो भने सफल हुनेछौ । कार्यक्रममा बोल्दै प्रदेश नं ५ प्रदेशसभा सदस्य सन्तोष पाण्डेले कर्मचारी गम्भिर भए देश समृद्धी हुने बताउनु भयो । पाण्डेले जनाता लाई सेवा प्रवाह गर्ने कर्मचारीले हो त्यसमा ध्यान पुर्याउन सके परिवर्तन हुने जानकारी दिनुभयो । कार्यक्रममा सामाजिक बिकास मन्त्रालय सामाजिक बिकास महाशाखा प्रमुख सारदा बस्याल, उच्च शिक्षा महाशाखा प्रमुख टिकाराम अर्याल, प्रदेश नं ५ शिक्षा तालिम केन्द्र प्रमुख यम बहादुर केसी लगायतले मन्तव्य दिनुभयो । कार्यक्रम सामाजिक बिकास मन्त्रालय शिक्षा तथा सामाजिक बिकास निर्देशनालय प्रमुख मनोज कुमार गैरेको अध्यक्षतामा भएको हो । सामाजिक बिकास डिभिजन कार्यालयले नवलपरासी र रुपन्देही दुईवटा जिल्ला हेर्नेछ । कार्यालयले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सामुदायिक क्याम्पसहरुको पुर्वाधार, सुचना तथा संचार, प्रविधी, पुस्तकालत, फर्निचर आदिमा सहयोग पुर्याउने कार्यक्रमको प्रभावकारी कार्यन्वयन, विध्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकारद्वारा तोकिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन, महिला हक हित, महिला शसक्तिकरण र लैङ्गिक समानता सम्बन्धी कार्यक्रम कार्यान्वयन, लैड्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतिकरण तथा अन्य कार्यक्रम कार्यान्वयन, वालवालिकाको हकहित संरक्षण सम्बन्धीका कार्यक्रमहरु कार्यान्वयन, वालमैत्री शासकिय प्रवन्ध र सेवा प्रवाह, वालउद्वार कोष, बालसुधार तथा पुनस्थापना कार्यक्रमहरु कार्यान्वयन, ज्येष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुको संरक्षण र सहयोग सम्बन्धी कार्यक्रम लगायतका रहेका छन् ।