डाईनामिक टेक्निकल एजुकेशनको वार्षिकोत्सव

बुटवल,२४ मंसिर । होटल म्यानेजमेण्ट तालिम सचालन गर्दे आएको डाईनामिक टेक्नीकल एजुकेशन एण्ड भोकेस्नल ट्रेनिङ प्रालि बुटवलले छैठौ ब्याच उर्तिण विद्यार्थीहरुलाई एक समारोहका विच प्रमाणपत्र वितरण गरेको छ । संस्थाको छैठौ वार्षिकउत्सवको अवसरमा मंगलवार होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी र प्रवन्ध निर्देशक अरुण मैनालीले वधाई सहित प्रमाणपत्र वितरण गरे ।
छैठौ व्याचका उर्तिण २७ जना विद्यार्थीहरुलाई प्रमाणपत्र सहित विदाई गरिएको डाईनामिक टेक्नीकल एजुकेशनले जनाएको छ । सो अवसरमा अध्यक्ष जिसीले होटल म्यानेजमेण्टका विद्यार्थीहरु तालिम सकिएपछि वेरोजगार वस्नु नपर्ने बताउदै यसको सम्भावना प्रचुर रहेको बताए । उनले रुपन्देहीमा १ सय ५० भन्दा वढि पर्यटकलाई लक्षित गरिएको स्तरीय होटल रहेको बताउलै दक्ष जनशक्ति अझै पनि खाचो रहेको बताए ।
उनले होटल म्यानेजमेण्ट तालिम लिएकाहरु विदेश जानै नपर्ने बताउदै अन्य क्षेत्रको भन्दा वढि सेवा सुविधा होटल म्यानेजमेण्टमा रहेको बताए । पर्यटन प्रवद्र्धनमा होटल व्यवसायीको महत्वपुर्ण योगदान रहेको बताउदै बुटवलमा एचएमको सम्भावना वढ्दै गएकाले पोखरापछि ठूलो सडक खाना महोत्सव बुटवलमा शुरुवाता भएको बताए ।
कार्यक्रममा प्रवन्ध निर्देशक मैनालीले तालिम प्रदायक संस्थाको पर्यटन प्रवद्र्धनमा पनि योगदान रहेको बताउदै आफूहरुले शिप दिलाएर स्वदेशमै रोजगारी गर्न चाहनेको लागी लक्षित गरेर तालिम संचालन गरेको बताए । उनले अहिले सम्म प्रालिले १६ सय भन्दा वढि दक्ष जनशक्ति तयार गरेको जानकारी दिए । लिंकन युनिभर्सिटी मलेसियासंग समन्वय गरी डिप्लोमा लेवलको कक्षा संचालन गरेको बताउदै चाईना थाईल्याण्ड युएई लगायतका मुलुकमा राम्रो तलव सुविधामा काम गरिरहेको बताए । उनले आफूले तालिम दिएका प्रशिक्षाथीहरु तालिम पशचत रुपन्देहीका स्तरीय होटलहरुमा जागीर शुरु गरिसकेका बताए । डाईनामिकले सिटिईभिटी लगायतका संस्थाहरुसंग समन्य गरेर छोटो समयको तालिम पनि संचालन गर्दे आएको एजुकेशनका योगेश सिंहले जानकारी दिए । सन् २०१३मा स्थापना भएको यो संस्थाले दक्ष जनशक्ति उत्पादन गरी वेरोजगारीलाई न्यूनिकरण गर्ने उद्देश्य लिएको छ ।