निमार्ण दिवसमा बिभिन्न कार्यक्रमहरु सम्पन्न ।


भैरहवा मंसिर २८,
लुम्बिनी निमार्ण ब्यावसायि संघ रुपन्देहीले बिभिन्न कार्यक्रमको आयोजना गरेर १३ औ निमार्ण दिवस मनाएको छ ।

संघले रक्तदान कार्यक्रम , अस्पतालमा फलफुल बितरण र बृद्धआश्रममा न्यानो कपडा बितरण गरेर निमार्ण दिवस मनाएको संघका महासचिव बिनय ज्ञवालीले जानकारी दिए ।

संघका अध्यक्ष दामोदर शर्माको अध्यक्षता तथा सन्तोस रायमाझीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा संघका महासचिव बिनय ज्ञवाली , सचिव प्रयास खण्ड्का लगायत संघका पदाधिकारीहरु तथा निमार्ण ब्यावसायिहरुको सहभागीता रहेको थियो ।

संघले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । त्यसैगरि भिम अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको थियो । दिवसकै क्रममा संघले बसन्तपुर स्थित बृद्धाश्रममा न्यानो कपडा बितरण गरेको जनाएको छ ।