पशु स्वास्थ्य तथा बााझोपन निवारण शिविर


भैरहवा मंसिर २८,
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले एकदिने पशु स्वास्थ्य तथा बााझोपन निवारण शिविर रामग्राम नगरपालिका वडा नं. ४ जीतपुरको पाल्ही बहुमुखी क्यामप्सको प्राङ्गणमा सञ्चालन गरेको छ ।


शिविर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र रुपेन्देहीका प्रमुख डा. परवेज आलमको अध्यक्षता र रामग्राम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष मदन यादवको प्रमुख अतिथ्यतामा सञ्चालन गरिएको थियो ।
साथै यस शिविरमा पशुपन्छीहरुको स्वास्थ्य परीक्षण तथा उपचार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा.हरिबहादुर कुावर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द रुपन्देहीका प्रमुख डा. परवेज आलम र भेटेरिननरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र रुपन्देही, जिल्ला सम्पर्क कार्यालय नवलपरासीका प्रमुख डा. भरत काफ्लेबाट भएको थियो ।
एकदिने शिविरमा प्रदेश नं.५ का भूमी, व्यवस्था तथा सहकारी मन्त्रालय, योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख बिनोद घिमिरे र पशुपन्छी व्यवस्था तथा प्रवद्र्धन शाखाका पशु चिकित्सक देबिराम मरासिनी उक्त शिविरको अनुगमन तथा निरीक्षण भएको थियो ।


शिविरबाट १७० घरधुरीका कृषकहरु लाभान्वित हुनुका साथै १५० भैसी, ७५ गाई, २३० बाख्रा,५ वटा कुकुर र २० कुखुराको उपचार गरिएको थियो । उक्त शिविरमा विज्ञकेन्द्र तथा स्थानिय तहका १५ जना प्राविधिकहरुको उपस्थितिमा सेवा प्रवाह गरिएको थियो ।