पश्चिमाचंल इङ्गलिश स्कूलले रजत जयन्ती मनाउने

भैरहवा, पौष १ । पश्चिमाचंल इङ्गलिश स्कूलले रजत जयन्ती मनाउने भएको छ । स्कूलले २५ औ बर्ष पुगेको अवशरमा रजत जयन्ती मनाउने भएको हो । भैरहवामा स्कुलले पत्रकार सम्मेलन आयोजना गरेर रजत जयन्तीको कार्यक्रम बारे जानकारी दिएको हो । स्कुलका संस्थापक प्राचार्य राजु ढकाल रजत जयन्ती मनाउन पाउदा आफुहरु धेरैनै खुसी भएको बताउनुभयो । ढकालका अनुसार २०५२ सालमा स्कुल शुरु गर्दा १३ जना विद्यार्थी र ४ जना शिक्षक रहेकोमा अहिले २५ बर्षमा आइपुग्दा ११ सय भन्दा बढि विद्यार्थी र ६० जना कर्मचारी रहेका छन् । स्कुलले रजत जयन्तीको अवशरमा बिभिन्न कार्यक्रम गरि मनाउने भएको हो । प्राचार्य ढकालका अनुसार पुस २ गते बुधवार देखी पहिलो दिन रक्तदान कार्यक्रम गरेर रजत जयन्तीको शुभारम्भ हुनेछ । ढकालले रजत जयन्तीमा बृक्षरोपण, बिरामीलाई फलफुल बितरण, अनाथालयमा शैक्षिक समाग्री बितरण, बृद्धाश्रममा सहयोग, भुतपुर्व विद्यार्थी मिलन, भुतपुर्व शिक्षक सम्मान लगायत कार्यक्रम गर्ने बताए । ढकालका अनुसार रजत जयन्तीको अवशरमा १७ वटा कार्यक्रम आयोजना हुनेछ । ढकालले स्कुलको २५ औ बर्ष पुगेको अवशर परेर आफुहरुको आगामी योजना समेत बताउनु भएको छ । ढकालका अनुशार स्कुलले करिव १ करोडको लगानीमा सुविधा सम्पन्न मन्टेश्वरी र प्लस टु समेत संचालनमा ल्याउने छ । कार्यक्रममा बोल्दै लुम्विनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाईले पश्चिमाचंल स्कुल भैरहवामा रहेका स्कुलहरु गणना गर्दा उत्कृष्ट मध्य एक रहेको बताउनु भयो । कार्यक्रम स्कुलको प्रबन्धक निर्देशक रितु ढकालको अध्यक्षतामा भएको हो । कार्यक्रमको संचालन रामेश्वर सुवेदी र स्वागत सह प्रचार्य नवराज उपाध्ययले गर्नु भयो । पश्चिमाञ्चल हाई स्कुल एसइइ परिक्षामा पनि भैरहवामा उत्कृष्ट नतिजा हासिल गर्ने विध्यालय हो । गत बर्षको एसइइ परिक्षामा स्कुल बाट सहभागि भएका परिक्षार्थी माध्य कुनै पनि बिध्यार्थीले २ दशमलव ४ भन्दा कम ग्रेड ल्याएका छैनन भने १३ बिध्यार्थीले ४ ग्रेड हासिल गर्न सफल भएका छन् ।