सन्चार र सुजिबा (कविता)

लक्ष्मी के सि

गौमुखी गाउपालिका -४ ,प्युठान हाल भैरहवा ,रुपन्देही

बिहानी घामको झुल्कोमा

 टाठो आवज कोही कराइ रहेको हुन्थ्यो

अगेनोमा खाना पकाइरहेकी आमा

खुरुरुर आगनिमा पुग्थिन

 त्यो आवाजले कुनै सुचाना दिएको हुन्थ्यो

गाउँबस्तिमा सूचना पुर्याउने कट्टुवाल बा

उमेरले ८४ लागेछ्न बाली घरे कट्ट्वाल बा

बुढौली लाग्दा पनि फूर्तिलो छ्न

सुचना र प्रबिधिको बिकासले

कट्टुवाल बा बेरोजगार छ्न

कट्टुवाल बा हाम्रा सूचनाका स्रोत हुन !!

वर्से बाली भित्राउनको चटारो

हिउद सङै चाडबाड

छोरा लाई बडा दशै

छोरिलाइ हरितालिका

ओरापेरी फेर्ने बेला आयो

बजारमा २/४ ओटा छुट्पुट पसल

थानकाटेको कपडा

बर्जुले बोलायो भन्दै

 पालै पिलो केहिदिनको बसाइलिएर

 घण्टौको बाटो मेसिन बोकि आउने

सुजिबा

उमेरले ८५/८६ पुगेछ्न

उत्तिकै फुर्ती

चस्मा लाउदैनन सुजि बा

आफुले सात ठाउँ टाला हाली हुर्काएका

बालबचेरा को कहाँ नपुगेको होला र

 सुजि बा उहीँ गाउमै छ्न

आफ्नो पेसामै छ्न

जमना अलिक फेरियो

बालिघरे कम हुँदै गय

 सुजि बाको उमेर बढदै गयो

 सुजिबा हाम्रा सम्पदा हुन ।।