अपराधका बलमा राजनिती गर्न खोज्ने समाजका कारण दुर्गा र बसन्तको हत्या – भुसाल

प्रतिक पौडेल

भैरहवा, पुस ४ । नेपाल सरकारका कृषी तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अपराधका बलमा राजनिती गर्न खोज्ने समाजका कारण दुर्गा र बसन्तको हत्या भएको बताउनु भयो ।  भुसालले राजनितीलाई अपराधका बलमा राजनिती गर्न खोज्ने टिकाउन खोज्ने टिक्न खोज्ने प्रवृती हाम्रो समाजको वरिपरी छ जसको कारण दुर्गा तिवारी र बसन्त पौडेल (बलु) जस्ता ब्यक्ती मारिएको जानकारी दिनुभयो ।

रुपन्देहीको देवदहमा ३ वर्ष अघि हत्या गरिएका तत्कालिन नेकपा एमाले भातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको तेस्रो स्मृती सभामा बोल्दै भुसालले असल काम गर्ने सबैभन्दा राम्रो ठाउ राजनिती भएपनि राम्रो ठाउनै दुसित भएको कारण समाजमा समस्या आएको बताउनु भयो । भुसालले राजनिती सुधार्ने कुरा समाज सुधार्ने भएको जानकारी दिनुभयो ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएको भुसालले कुनै राजनितीक पार्टीमा भए अथवा नभए पनि राजनितीले कसैलाई नछोड्ने बताउदै राजनिती नजाने पनि राजनिती सुधर्ने कुरामा सबैले चासो दिनुपर्ने बताउनु भयो । भुसालले भन्नु भयो “मैले सधै भन्ने गरेको छु राम्रो राष्ट्र चाहिन्छ भने राम्रो राजनितिक पार्टी चाहिन्छ, त्यसको अर्थ मेरो पार्टीलाई समर्थन गर्नुस् भनेको होइन आफ्नो पार्टीलाई राम्रो बनाउनुस् “ ।

सभामा बोल्दै प्रदेश नं ५ सदस्य डा. कृष्ण न्यौपानेले दुर्गा तिवारी र बसन्त पौडेलको हत्या अपराधिक गिरोहले कायरता पुर्वक गरेको बताउनु भयो । न्यौपानेले दुर्गा र बलु पार्टी र समाजका लागी राम्रो ब्यक्ती भएको स्मरण गर्नु भयो ।

कार्यक्रममा दुर्गा तिवारीका दाजु चक्रपानी तिवारिले दुर्गाको हत्याको नाइके भनिएको मनोज पुन मारिए पनि उसका सहयोगी र उसलाई प्रयोग गर्ने ब्यक्तीहरु अझै रहेकोले त्यसको अनुशन्धान हुनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठानका अध्यक्ष सिद्धिचरण भट्टराईले दुर्गा तिवारीको हत्या भएको ३ बर्ष भएकोले दुर्गाको स्मरणमा बिभिन्न समाजिक कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा खत्री, ओमसतिया गाउपालिका अध्यक्ष हिरा केवट (राहुल), नेकपा जिल्ला सचिवालय सदस्य ऋषीराम सापकोटा, नेकपा जिल्ला सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य सरिता श्रीस लगायतले मन्तव्य राख्दै दुर्गा तिवारीको स्मरण गर्नु भएको छ ।