स्व कमलापति गंगादेवी पन्थ स्मृती प्रतिष्ठान द्वारा ज्येष्ठ नागरिकको सम्मान

भैरहवा, पुस ९ । स्व कमलापति गंगादेवी पन्थ स्मृती प्रतिष्ठानले ज्येष्ठ नागरिकको सम्मान गरेको छ । बुधवार भैरहवामा प्रतिष्ठानले दृतिय बार्षिकोत्सवको अवशरमा १२ जना ज्येष्ठ नागरिकको सम्मान गरेको हो ।

प्रतिष्ठानले सहयोग गर्ने ज्येष्ठ नागरिकमा मिन केसरी उपाध्याय, क्याप्टेन जित बहादुर राना मगर, सोभाखर भुसाल, गुरु प्रसाद पोखरेल, सरस्वती खनाल, कृष्ण प्रसाद शर्मा, केशव भण्डारी, शंकरलाल पाण्डे, रेस्मीराज पोख्रेल, गोरीदेवी उपाध्यय, हुमाकान्ती गैरे र थानेश्वर ज्ञवाली रहेका छन् ।

प्रतिष्ठानले बार्षिकोत्सवको अवशरमा हरेक बर्ष ८० बर्ष भन्दा माथीका ज्येष्ठ नागरिकको सम्मान गर्दै आएको छ । बुधवार भैरहवामा आयोजित बार्षिकोत्सव तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम प्रतिष्ठानका अध्यक्ष चुणामणी पन्थको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा प्रतिष्ठानले ज्येष्ठ नागरिकका साथै बिरेन्द्र मा वी दृष्टी विहिन श्रोत कक्षा भवन निर्माण सहयोगार्थ ५ लाख ५५ हजार ५ सय ५५ रुपैया र मानव सेवा आश्रम बुटवललाई २ लाख ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ ।  

कार्यक्रममा प्रमुख अतिथी कालिगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण, बिशीष्ठ अतिथी प्रतिनिधी सभा सदस्य प्रमोद यादव, प्रदेश नं ५ प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डे, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक हेम कुमार थापा, नेपाल उधोग बाणिज्य महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्मा, समाजसेवी भरत कुमार पोख्रेल, नमुना एकिकृत बिकास परिषदका अध्यक्ष ज्ञानु पौडेल, मानव सेवा आश्रम बुटवलका प्रमुख रुपा केसी, केशव प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य दिनुभएको हो । कार्यक्रममा संस्थाका सल्लाहकार सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारी र प्रतिष्ठानका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव यादव गैरेले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राजकुमार पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानको संरक्षक कलाधर पन्थले संस्थाको परिचय दिनभयो भने संरक्षक गंगा पन्थले स्वागत गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष भिमराज अधिकारीको धन्यवाद ज्ञापन र सम्झना शर्माको संचालनमा भएको हो ।