न्यु इयर इभमा पौवामा प्रमोद खरेलको बिशेष प्रस्तुती हुने

प्रतिक पौडेल

भैरहवा, पुस ११ । होटल पौवा भैरहवाले न्यु इयर इभ २०२० मनाउने भएको छ । शुक्रवार भैरहवामा पत्रकार सम्मेलन गर्दै होटलले उक्त जानकारी दिएको हो ।

पौवाले प्रत्येक बर्ष आफ्नो हरेक शाखामा नयाँ बर्षको भव्यताका साथ कार्यक्रम गरेर स्वागत गर्दै आएको छ । सोही अनुरुप यस बर्ष पनि पुस १५ गते राष्ट्रिय र स्थानिय स्तरका कलाकारको मार्फत नयाँ बर्षको स्वागत भव्यताका साथ हुने होटलले जनाएको छ ।

होटल पौवा प्रा लीका प्रबन्धक निर्देशक बिष्णु प्रसाद ज्ञवालीका अनुसार न्यु इयर इभ कार्यक्रममा यस बर्ष आधुनिक गायककार प्रमोद खरेल, लोक गायिक टिका प्रसाई, हास्य कलाकार राजा राजेन्द्र तथा भैरहवाको स्थानिय रुद्रदेवी कला केन्द्रका कलाकारहरुको प्रस्तुती रहने छ ।  

शुभओम कम्पनी प्रा ली द्वारा संचालित होटल पौवा भैरहवाका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै होटल पौवा भैरहवाका प्रबन्धक बिष्णु भण्डारीले आमन्त्रणपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको ईभमा अत्यन्त शूलभ मुल्यमा पौवाको परिकारहरु पस्कने जमर्को रहेको जानकारी दिए । कार्यक्रममा लुम्बिनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाई, निवर्तमान अध्यक्ष माधव ढुङ्गाना, नेपाल पत्रकार महासंघ रुपन्देहीका सह सचिव कमल रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।  

यस्तै रूपन्देहीको भैरहवाबाट होटल तथा रेस्टुरेन्ट व्यवसाय सुरु गरेको पौवा ग्रुपले देशभर आफ्नो शाखा बिस्तार गर्ने योजना बनाएको छ । हन्ड्रेड मिसन नाम दिएर पौवा ग्रुपले देशभर होटल चेन बिस्तार गर्ने उद्देश्यका साथ अघि बढेको जानकारी प्रबन्धक निर्देशक ज्ञवालीले बताए ।

त्यस्तै पौवाले गौतमबुद्धको जिवन सँग जोडिएको सुजता खिर लाई होटलको नियमित डेजर्टको रुपमा होटलको सबै शाखामा समावेश गर्ने घोषणा गरेको छ । संघिय सरकारले मनाउन लागेको नेपाल भ्रमण बर्ष २०२० र प्रदेश ५ सरकारले मनाएको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई प्रथामिकता दिएको जानकारी पौवाले दिएको छ । भ्रमण बर्ष लाई उपलब्धीमुलक बनाउन हरेक नागरिकको दायित्व रहेको बताउदै पौवाका प्रबन्धक निर्देशक ज्ञवालीले नेपाल भ्रमण बर्ष २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकलाई १० प्रतिशत छुट दिने बताए । यस्तै पौवाले नेपाली आन्तरिक पर्यटकलाई पनि बिभिन्न छुट दिदै आएको ज्ञवालीले जानकारी दिए ।

शुभओम कम्पनी प्रा ली द्वारा संचालित पौवा होटल भैरहवाका अध्यक्ष हरि बहादुर थापाका अनुसार होटल खाना गुणस्तरिय बनाउन हरदम संवेदनशील बनिरहेको छ । पौवा ग्राहकहरुमा नेपाली रैथाने खानालाई विदेशी पर्यटक माझ लोकप्रिय बनाउदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा एक कदम अघि बढिरहेको छ । थापाका अनुसार विभन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खाना होटलको मेनुमा समावेश गर्दैछ ।