गैरसरकारी संस्था महासंघ नेपाल प्रदेश ५ अध्यक्षमा गाेबिन्द प्रसाद रेग्मी

भैरहवा, पुस १३ । गैरसरकारी संस्था महासंघ नेपाल प्रदेश ५ काे अध्यक्षमा गाेबिन्द प्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । बिधानत महासंघमा अधिवेशनले सदस्यकाे निर्वाचन गर्ने र निर्वाचित सदस्यहरुले अध्यक्ष तथा पदाधिकारीहरुकाे निर्वाचन गर्ने ब्यबस्था रहेकाले अाज बसेकाे प्रदेश समितिकाे बैठकले कार्य बिभाजन तथा पाेटफाेलियाेमा परिवर्तन गरेकाे हाे । जस अनुसार उपाध्यक्षमा धर्मलाल राेकाय, सचिवमा कमल गाैतम, सह सचिव जित कुमारी वेल्वासे ( सुशीला ) काेषाध्यक्ष राधा तिमिल्सिना र सदस्यहरुमा अर्जुन डी सी , गंगा रायमाझी , जय प्रकाश पाण्डे , देवराज खनाल र चाेपलाल गिरी हुनुहुन्छ । बाकी १ सदस्य अागामी बैठकबाट मनाेनयन गर्ने समेत निर्णय भयाे । बैठकमा केन्द्रीय उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख भिम प्रसाद सर्मा, सुमित्रा शर्मा, महासचिव राम प्रसाद सुवेदी , केन्द्रीय सचिव साेभाराम डाँगी, केन्द्रीय सदस्य तथा प्रदेश ५ का सह ईन्चार्ज देबिलाल लामिछाने , केन्द्रीय सदस्य प्रिज्मा सिंह थारु लगायतकाे उपस्थिति रहेकाे थियाे ।