सिद्धार्थनगरमा जनस्वास्थ्य आपतकालिन व्यवस्थापन उपसमिति एवम् द्रुत प्रतिकार्य टोलि पुनरगर्ठन

प्रतिक पौडेल

भैरहवा, पुस १३ । सिद्धार्थनगर नगरपालिकामा जनस्वास्थ्य आपतकालिन व्यवस्थापन उपसमिति एवम् द्रुत प्रतिकार्य टोलि पुनरगर्ठन भएको छ । आइतवार नगरपालिकामा महामारी तथा प्रकोपजन्य रोगहरुको जनस्वास्थ्य आपतकालिन व्यवस्थापन उपसमिति एवम् द्रुत प्रतिकार्य टोलि पुनरगर्ठन भएको हो । जनस्वास्थ्य आपतकालिन व्यवस्थापन उपसमिति प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मसारीनीको अध्यक्षतामा ९ सदस्यिय गठन भएको छ । समितीको सदस्यमा भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नाल, जिल्ला प्रहरी कार्यालय बाट प्रेम शंकर चौधरी, पशु शाखाका ईश्चरचन्द्र चौधरी, महिला बिकास शाखाका कौशिल्या चौधरी, सिद्धार्थनगर स्वास्थ्य शाखा जनस्वास्थ्य अधिकृत उमा थापा, सिद्धार्थनगर सिटि अस्पतालका प्रतिनिधी एक जना, नगर प्रहरी एक जना रहेका छन् । नगरपालिकामा सात सदस्यिय प्रति कार्य टोलि गठन भएको छ जसको सदस्यमा भिम अस्पतालका मेडिकल अधिकृत एक जना, जनस्वास्थ्य निरिक्षक बिजयनाथ चौधरी, नगरपालिका स्वास्थ्य शाखा स्टाफ नर्स गिता देवी न्यौपाने, भिम अस्पताल ल्याव टेक्निसियन एक जना, अनमी शहरी स्वास्थ्य केन्द्रबाट एकजना, सिद्धार्थनगरको दमकलबाट एकजना, अहेव शहरी स्वास्थ्य केन्द्रबाट एकजना रहेका छन् । यस्तै आइतवार नगरपालिकामा महामारी तथा प्रकोपजन्य रोगहरु सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासीनीले प्रशिक्षण दिनुभएको छ ।