श्रवण दृष्टीविहीन अपांगता भएकाहरुलाई रातो परिचय पत्र दिईनु पर्ने माग

सम्झना शर्मा

भैरहवा १५ पुस । श्रवण दृष्टीविहीन अपांगता भएका व्यक्तिहरुलाई गाम्भिर्यताको आधारमा रातो परिचय पत्र दिईनु पर्ने उनीहरुले माग गरेका छन् ।

श्रवण दृष्टीविहीन अपांगता सम्बन्धी सरकारी कर्मचारी,जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुका लागि मंगलबार भैरहवामा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै अपांगता अधिकार अभियान्ताहरुले विभिन्न प्रकृतिको अपांगता मध्ये श्रवण र दृष्य दुबै विहीन व्यक्तिहरुलाई व्यक्तिगत तथा सामाजिक काममा पर्ने असहजतालाई बुझेर गाउंपालिका तथा नगरपालिकाले रातो परिचय पत्र उपलब्ध गराउनु पर्ने माग गरे ।

कर्यक्रममा रुपन्देहीका गाउंपालिका तथा नगरपालिकाहरुले अपांगता परिचय वितरण कार्यक्रम सुरु गरिसकेको जानकारी दिदै यसमा अपांगता सम्बन्धी संघसंस्था र अभियान्ताहरुको सल्लाह सुझाव अनुसार नै अगाडि बढ्ने बताए ।

सिद्धार्थ नगर नगरपािलकाका प्रमुख हरिप्रसाद अधिकारीले अपांगता भएका हरेक व्यतिmको लागि अधिकारमुखी दीगो व्यवस्थापनका लागि आफ्नो स्रोत आवश्यक रहेको त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

मायादेवी गाउंपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले आफुहरु कार्यविधिमै रहेर परिचयपत्र सिफरिस गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

नेपाल नेत्रहिन संघ रुपन्देही श्रवण दृष्टीविहीन परियोजनाले आयोजना गरेको उतm कार्यक्रममा सहजीकरण गर्दै नेपाल नेत्रहिन महासंघ प्रदेश नम्बर ५ का महासचिव माधव पंगेनीले हरेक पािलकाले अपांगता परिचयपत्र वितरण कार्यविधि २०७५ लाई आत्मसाथ गर्न अनुरोध गर्नुभयो । सो अनुसार प्रत्येक पालिकाका समन्वय समितिमा चार जना अपांगता भएका व्यतिmलाई समावेस गर्नुपर्ने भएकोले त्यसमा समेत ध्यान पुर्याउन पालिका प्रमुखलाई अनुरोध गर्नुभयो । अपांगता भएका व्यतिmहरुलाई शसक्तिकरणको समेत उहांले आवश्यकता औल्यानु भयो । यस्तै संघका अध्यक्ष कृष्ण बहादुर जिसीले अपांगता भएका व्यतिmहरु केहि पनि परिचय पाउनबाट नछुट्ने गरी व्यवस्थापन गर्न सम्बन्धीत पालिकाहरुलाई अनुरोध गर्नु भयो । परिचय पत्रलाई भत्तासंग मात्र जोडेर हेर्न नहुने भन्दै यसको गाम्भिर्यतालाई अधिकारका हिसावले बुझिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा अपांगता महासंघ प्रदेश नम्बर ५ का सदस्य सावित्रा घिमिरेले सबैखाले अपांगता भएका व्यतिmहरुसंग स्थानीय सरकार पुग्नु पर्ने धारणा राख्नुभयो ।

टिकाराम पौडेललेको संचालनमा सम्पन्न भएको कार्यक्रममा रुपन्देहीका सबै पालिकाकाबाट उपस्थिति रहेको थियो ।

सरकारले विभिन्न १० प्रकृतिका अपांगता भएका व्यक्तिहरुलाई प्रकृतिको आधारमा चार प्रकारका परिचय पत्र वितरण गरिरहेको छ । पुर्ण अपांगता भएकाहरुका लागि रातो परिचय पत्र,बलि कमलाई निलो,त्यसभन्दा पनि कमलाई पहंलो र सामान्य अपांगता भएकाहरुका लागि सेतो परिचय पत्र वितरण गरेको छ । यस अघि नेपाल सरकारबाट लिदै आएको सुविधा अब भने अपांगता भएका व्यतिmहरुले स्थानीय सरकारबाट सेवा लिन पाउने छन् । जसका लागि स्थानीय तहहरुले पुनः परिचय पत्र वितरणको कामलाई अगाडि बढाईरहेका छन् ।