ईरिक्सालाई हेला गरियो,नियमन नहुंदा व्यवस्थापनमा चुनौती – ईरिक्सा चालक

सम्झना शर्मा

भैरहवा,२० पुस । ईरिक्साको उचित व्यवस्थापन नहुंदा आफुहरु अशुक्षित महसुस गरिरहेको सिद्धार्थनगरका ईरिक्सा चालकहरुले गुनासो गरेका छन् ।

पछिल्लो समय ईरिक्साहरु अनुमति विना नै संचालन गर्ने,दिनभर नेपालका सडकमा ईरिक्सा चलाउने र सांझ भारततर्फ वास बस्न जाने परिपाटी बढ्दै गईरहेकोले अनुमति विना संचालनमा रहेका ईरिक्साहरुलाई नियमभित्र ल्याउन र नियम संगत संचालन भईरहेकाहरुलाई उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

प्रदुषणको कारक होईन, निवारक हो ईरिक्सा भन्ने नाराका साथ नेपाल ईरिक्सा चालक संघ सिद्धार्थनगरको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले श्रमको सम्मान गरौं भन्ने नारा लगाईए पनि अझैपनि ईरिक्सा चालकहरुलाई तल्लो तहको नजरले हेर्ने र अपहेलनाका शब्दहरु प्रयोग हुने गरेको उनीहरुले गुनासे गरे ।

ईरिक्सालाई पार्किङ्घको व्यवस्थापन, सर्विस ल्याण्डमा अन्य सवारी पार्किङ्घमा निषेध गरी निर्वाध रुपमा संचालन गर्न दिनुपर्ने उनीहरुले माग गरे । नगरपालिकाले गम्भिरता नदेखाए यसले भविश्यमा ठुलो दुर्घटना निम्ताउन सक्नेतर्फ बेलैमा सचेत बन्नु पर्ने सामाजिक अगुवाहरुले सुझाव समेत दिए ।

देशमा कलकारखाना बन्द हुदै गईरहेको अवस्थामा ईरक्सा युवाहरुलाई स्वरोजार बनाउने राम्रो माध्यम भए पनि यसको उचित व्यवस्थापन नभए सडक दुर्घटना बढ्ने तथा ईरिक्सा खरीदमा गरिएको नेपाली पुंजी खेर जाने तर्फ सम्बन्धित निकायहरुले बेलैमा ध्यान दिनु पर्ने वतmाहरुले औल्याए ।

ईरिक्सा चालकहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५ प्रदेशसभा सदस्य सन्तोष पाण्डेले ईरिक्सा व्यवस्थापनको जिम्मेवारी विस्तारै प्रदेशमा आएकोले छिटै समस्या समाधान गरिने आश्वसन दिनुभयो ।

सिद्धार्थनगर नगरपािलकाका प्रमुख हरि प्रसाद अधिकारीले ईरिक्सा व्यवसायी तथा चालकहरुले उठाएका समस्या समाधानमा नगरपालिका लागि परेको बताउनु भयो । तर कतिपय समस्या समाधानका लागि कानुनी जटिलता रहेको भन्दै कानुन भन्दा बाहिर गएर आफुले कुनैपनि काम गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

नगर प्रमुख अधिकारीले भन्नुभयो नगरपािलकाबाट लाईसेन्स बाड्न सम्भव छैन , कानुनले नदिने कुरा बोलेर मात्र समाधान नहुने तर्क गर्नुभयो । बजारभरि रिक्सा देखिन्छन् तर नगरपािलकामा निकै न्युन संख्यामा दर्ता भएको जानकारी दिदै दर्ता प्रक्रियामा ल्याउन संघले भुमिका खेल्न आग्रह गर्नुभयो ।

जिल्ला टा«फिक प्रहरी कार्यालय रुपन्देहीको प्रतिनिधित्व गर्दै राजेन्द्र क्षेत्रीले सडक सुचारु गराउन टा«फिक प्रहरी हरदम लागिपरेको बताउनु भयो । प्रहरीको काम कसैलाई अप्ठेरो पार्ने नभई सहज वातावरण र सुरक्षा प्रदान गर्नु रहेको उहांले बताउनु भयो ।

कार्यक्रममा संचारकर्मी सम्झना शर्मा, सिद्धार्थ सार्वजनिक यातायात प्रालि.का उपाध्यक्ष सियाराम यादव,लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत,सिद्धार्थ उद्योग वािणज्य संघका वरिष्ठ उपाध्यक्ष भिष्मराज न्यौपाने,उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिल कुमार ज्ञवाली,अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष दुर्गा प्रसाद मरासिनी,नेपाल ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष राम गुरुङ्घ, लगायतले बोल्दै ईरिक्सा चालकहरुले प्रत्येक ईरिक्सामा भाडादर यात्रुले देख्नेगरी टास्नु पर्ने,ईन्स्योरेन्स गर्नुगर्ने लगायतका नियम पालना गर्ने र सम्बन्धीत निकायले ईरिक्सा संचालनका लागि उचित वातावरण मिलाईदिनु पर्ने धारणा राख्नु भयो ।

संघका अध्यक्ष हरि नेपालीको अध्यक्षता,उपाध्यक्ष बरुण समसेरको स्वागत तथा कल्पना गौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।