देशकै ठुलो बिध्यार्थी संगठनमा एक दशक पछि भैरहवा बाट केन्द्रिय सदस्य

भैरहवा, पुस २० । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन (अनेरास्ववियू) को संगठन बिस्तार हुदाँ भैरहवाको बिध्यार्थी नेतृ लक्ष्मी केसी केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । तत्कालिन नेकपा एमाले र एमाओवादी बिच भएको पार्टी एकता पछि एकिकृत प्रक्रिया अन्तरगत अनेरास्ववियूको संगठन बिस्तार हुदा देशकै ठुलो बिध्यार्थी संगठनमा एक दशक पछि भैरहवाले केन्द्रिय सदस्य पाएको हो ।

अनेरास्ववियूमा भैरहवाले अहिले सम्म गरेर दुईपटक मात्र केन्द्रिय सदस्य पाएको छ । पहिलो पटक बि सं २०६३ सालमा हाल नेकपा केन्द्रिय सदस्य रहनु भएको ठाकुर गैरेको नेतृत्वमा रहेको तत्कालिन नेकपा एमाले बिध्यार्थी संगठन अनेरास्ववियुमा हाल नेकपा रुपन्देही जिल्ला कमिटी सदस्य उमा अधिकारी केन्द्रिय सदस्य हुनुभएको थियो । अधिकारी त्यती बेला केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको थियो । यस्तै भैरहवा बाट प्रतिनिधित्व गर्दै स्वर्गिय रविन्द्र अधिकारीको नेतृत्वमा रहेको त्रिवी स्ववियु काउन्सिलमा उमेश थापा लाटो मगर सदस्य भएर जानुभएको थियो ।

अहिले एकता पछि बिस्तार भएको संगठनमा तत्कालिन नेकपा एमाले भातृ संगठन अनेरास्ववियुको जिल्ला कमिटी सह सचिव भएर दुईपटक सम्म काम गर्नुभएको केसी केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो । भैरहवा बहुमुखी क्याम्पसमा स्नाकोत्तर अध्ययनरत केसी भैरहवामा बिध्यार्थीको नेतृत्व गर्दै बिभिन्न आन्दोलन र तिन वटै तहको निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न सफलता हासिल गर्नुभएको छ ।

केसिले तत्कालिन नेकपा एमालेले अह्वान गरेको अखण्ड लुम्बिनी माग सहित भएको आन्दोलनमा भैरहवामा बिध्यार्थी जनशक्ती परिचालनमा सफल नेतृत्व गरेको बताउछन् नेकपा रुपन्देही जिल्ला कमिटी सदस्य एवं सिद्धार्थनगर नगरकमिटी सचिव जिवलाल अर्याल ।

केसीले केन्द्रिय सदस्य मनोनित भएपछी प्रतिक्रिया दिने क्रममा लामो समय एकता प्रक्रिया पुरा नहुदा भैरहवा क्षेत्रमा बिध्यार्थी संगठनमा सक्रिय नभएको बताउदै अव आफुले निष्क्रिय रहेको बिध्यार्थी संगठनलाई सक्रिय बनाएर अघि बढाउने जानकारी दिनुभयो । केसीले क्याम्पस, क्षेत्रिय, नगर र गाउ कमिटी सबै बिस्तार गरेर बिध्यार्थीलाई अनेरास्ववियूमा सक्रिय गराएर आउने स्ववियु निर्वाचनमा सफलता हासिल गर्ने बताउनुभयो ।