रोटरी क्लव अफ सेन्ट्रल लुम्विनीको आयोजनामा मर्चवारमा दन्त शिविर

भैरहवा, पुस २० । रोटरी क्लव अफ सेन्ट्रल लुम्विनीले मर्चवारमा दन्त शिविरको आयोजना गरेको छ । शनिवार रोटरी क्लव अफ सेन्ट्रल लुम्विनी, रोट्र्याक्ट क्लव अफ सेन्ट्रल लुम्विनी र रोटरी कम्युनिटी कर्प्स मर्चवारको संयुक्त आयोजनामा कोटहीमाइ गाउपालिका ५ मझगावामा एक दिने निशुल्क दन्त शिविरको आयोजना भएको हो । दन्त शिविर लुम्विनी नेत्रालय कम्युनिटी डेन्टलको सहयोगमा भएको हो । शिविर कोटहीमाइ गाउपालिका ५ अध्यक्ष हनुमान यादवको प्रमुख आतिथ्यतामा भएको हो । शिविरमा १ सय १६ जनाको दन्त प्रशिक्षण गरिएको हो । शिविरमा डाक्टर ट्विकंल सेरचन र स्तुती राइले प्रशिक्षण गर्नुभएको हो । शिविरमा निशुल्क रुपमा औषधी बितरण पनि भएको हो ।