दक्षिण कोरिया बाट आएका तेस्रो मुलकका पर्यटकहरुको स्वागत बेलहियामा भव्यताका साथ

भैरहवा, पुस २६ । रुपन्देहीको वेलहियामा बिदेशी पर्यटकको स्वागत भव्यताका साथ भएको छ । सिद्धार्थ होटल एसोसियसनको आयोजनामा दक्षिण कोरिया बाट आएका तेस्रो मुलकका पर्यटकहरुको स्वागत बेलहियामा भएको हो ।
नेपाल भ्रमण बर्ष २०२० सफल पार्न एनआरएनको सहकार्यमा भारतको कुशिनगर हुदै लुम्बिनी भ्रमण गर्न नेपाल आएका दक्षिण कोरियाका भ्रमण टोलीको स्वागत सिद्धार्थ होटल एसोसियसन, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर (सोट्टो) प्रदेश नं ५, बेलहिया गाउ समाजले बेलहिया नाकामा गरेको हो ।
सिद्धार्थ होटल एसोसियसनका अध्यक्ष तथा होटल एसोसियसन अफ नेपाल (हान) का केन्द्रिय सदस्य चन्द्र प्रकाश श्रेष्ठले दक्षिण कोरिया बाट आएका ४ सय ५६ विशिष्ठ तथा अति बिशिष्ठ सरकारी कर्मचारीका टोलीलाई बेलहियामा स्वागत गरेको बताउनुभयो । श्रेष्ठले लुम्बिनी बिकास कोषको सहयोगमा उनिहरुको स्वागत गरेको जानकारी दिनुभयो ।
सिद्धार्थ होटल एसोसियसनका महासचिव रवि घिमिरेले सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० सफल गर्न आफुहरुले कार्यक्रम गरिरहदा सरकारी प्रतिनिधीको कुनै उपस्थिति नदेख्दा खिन्नता महसुस भएको बताउनुभयो । घिमिरेले निजी स्तर बाट मात्र लागेर भ्रमण बर्ष सफल नहुने बताउदै सरकारले पनि यसमा गम्भिर हुनुपर्ने धारणा राख्नुभयो ।
बेलहिया नाका बाट शनिवार दक्षिण कोरिया, कम्बोडिया, मलेसिया लगायतका मुलुक बाट लुम्विनी भ्रमण गर्न १ हजार भन्दा बढि पर्यटक नेपाल प्रवेश गरेका हुन् ।