रोटरी क्लव अफ लुम्विनी सिद्धार्थनगर द्वारा पुस्तक बितरण

भैरहवा, पुस २८ । रोटरी क्लव अफ लुम्विनी सिद्धार्थनगरले पुस्तक बितरण गरेको छ । भैरहवामा सोमवार क्लवले सहिद स्मृती पुस्तकालयमा पुस्तक र इन्भर्टर सहयोग स्वरुप वितरण गरेको हो ।
बितरण कार्यक्रम क्लवका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख आतिथ्यता सिद्धार्थ उधोग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले गर्नुभयो । कार्यक्रमको बिशिष्ठ आतिथ्यता पुस्तकालयका अध्यक्ष बनमाली निराकरले गर्नुभएको हो ।
कार्यक्रममा क्लवका पुर्व अध्यक्ष खिम बहादुर कार्की, पुस्तकालयका संरक्षक दिर्घराज काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम क्लवका सचिव कमलराज ढकालको संचालनमा भएको हो ।