भैरहवामा अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता हुने

भैरहवा, माघ १२ । भैरहवामा अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएका छन् ।


आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा आयोजक साईग्लोबल क्रिकेट क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष हरी बहादुर थापाले क्लवले चौथो पटक अन्तर कलेज टि(२० क्रिकेट प्रतियोगिता माघ २० गते देखि आयोजना गर्न लागेको बताउनु भयो । प्रतियोगिता भैरहवा सिद्धार्थ रंगशालामा आयोजना हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले ३० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष थापाले बताए । यस्तै प्रतियोगितामा म्यान अफ द सिरिज लाई ५ हजार १ रुपैया नगद, बेस्ट बलर लाई २५ सय नगद, बेस्ट ब्याट्स म्यान २५ सय १ रुपैया नगद, बेस्ट फिल्डर १५ सय १ रुपैया नगद र म्यान अफ द म्याच १ हजार १ रुपैया नगद पुरस्कार रहेको छ । प्रतियोगिता माघ २८ गते सम्म हुनेछ ।


प्रतियोगिताको मुख्य प्रायोजक साईग्लोवल मा वी रहेको छ भने सह प्रायोजक इम्पेरियल बिजनेश कलेज र एडुकेशन डटकम रहेको छ । यस्तै म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट फिल्डरलाई दिइने पुरस्कारको प्रायोजन भैरहवामा रहेको ह्युन्डाइ गाडीको आधिकारिक बिक्रेता जगत मोटर्सले गरेको छ भने प्रतियोगिता अन्तरगत प्रत्येक दिनको म्यान अफ द म्याच र खेलाडीहरुको पोशाकको प्रायोजन शुशिल ढकालले गर्नुभएको छ ।

क्लवले भैरहवा वाट प्रतिनिधित्व गर्दै नेपालको तर्फ अन्तराष्ट्रिय क्रिकेट खेलमा ख्याती कमाउन सफल पुर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ती गौचनको सम्मान गर्ने भएको छ ।


कार्यक्रममा लुम्विनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाई, क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला क्रिकेट संघ अध्यक्ष प्रशान्त बिक्रम मल्ल, प्रदेश नं ५ क्रिकेट संघ सचिव संजय गुरुङ, साई ग्लोवल मा वीका प्रबन्धक निर्देशक महेश भुर्तेल, प्रतियोगिताका संयोजक केशव बेलवासे लगायतले आफ्नो भनाई राख्नुभएको हो । कार्यक्रम लक्ष्मण ज्ञवालीको संचालनमा भएको हो ।