जगदम्भा सिमेन्ट द्वारा निशुल्क हेलमेट वितरण

भैरहवा, माघ १३ । जगदम्बा सिमेन्ट उद्योगले दुईपांग्रे सवारीमा यात्रा गरिहरेकाहरुका लागि निशुल्क हेलमेट वितरण गरेको छ । तपाईको जिवन सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको भन्ने नाराका साथ आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगर्त देश भर निशुल्क हेलमेट वितरण गरिएको उद्योगका महाप्रवन्धक विदुर ढुंगानाले जानकारी दिए । जगदम्बाले सोमबार भैरहवाको बुद्धचोकमा सडकमा गुडिरहेका मोटरसाईकल तथा स्कुटीचालकलाई रोकेर सुरक्षित यात्राको शुभकामना सहित हेलमेट प्रदान गरेको थियो । जगदम्बाले नाफा संगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै देशभर एक हजार फस्ट एड वक्स तथा विभिन्न सहरमा सुरक्षित यात्राका लागि हेलमेट वितरण गरिएको जगदम्बा सिमेन्टका सिनियर ब्राण्ड म्यानेजर जनार्दन दाहालले जानकारी दिए । सो अवसरमा जिल्ला टा«फिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक महेश वस्नेतले मोटरसाईकलमा पछाडी बस्ने तथा बालबालिकालाई समेत हेलमेट प्रयोग गर्न आग्रह गर्दै स्कुटीमा सवार बालिकालाई हेलमेट प्रदान गरे । यसको प्रयोगले दुईपांग्रे सवारी दुर्घटनामा हुने मानविय क्षति कमगर्न सकिने भन्दै अनिवार्य हेडमेटको प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने,उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ,वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र अधिकारी ,लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई,लगायतले सवारी साधन मोटरसाईकल प्रयोग गर्दा अनिवार्य हेलमेटको प्रयोग गरी सुरक्षित हुन आग्रह गरे । जगदम्बा सिमेन्ट उद्योग देशकै ठुला उद्योग मध्येको एक हो । रुपन्देहीको गुनहियामा रहेको उद्योगले दैनिक १ हजार १ सय टन सिमेन्ट उत्पादन गर्दै आईरहेको छ । जगदम्बाका उत्पादनहरु ओपिसीमा अल्ट्रा,पिपिसीमा जगदम्बा,एन.एस,अल्टा« एक्टिभ पिपिसी, एभरलाष्ट लगायत बजारमा उपलब्ध छन् ।