भैरहवा – परासी सडक खण्डमा एकाबिहानै ३ ट्रक जुध्यो: ३ जनाको मृत्यु, ९ जना घाईते

भैरहवा, माघ १४ । परासी सडकखण्डको रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा ट्रक दुर्घटना हुदा ३ जनाको घटनास्थलमा निधन भएको छ ।
आज बिहान करीब साढे ६ बजे तिर भैरहवा बाट परासी तर्फ जादै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउदै गरेको ना २ ख ८४८१ र सोहि दिशाबाट आउदै गरेको ना ५ ख ७८५६ नम्बरको ट्रकहरु एकआपसमा ठोक्किदा ३ जनाको ज्यान गएको जिल्ला प्रहरी रुपन्देहीले जनाएको छ ।
मृतकहरु तिनैजना ना २ ख ८४८१ नम्बरको ट्रकका चालक, सहचालक र त्यसैमा यात्रा गरेका एक रहेका छन् ।

मृतक चालक सुनसरी चतराको अन्दाजी ३०।३५ बर्षका पुर्ण बहादुर भुजेल हुन् ।  त्यसै गरी सह चालक पश्चिम नवलपरासीका पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४का मबिकन कुर्मि र सोहि स्थानका लालु कुर्मि रहेका छन् ।

दुर्घटनामा परी ९ जना घाइते भएको र उनिहरु मध्ये गंभिर ४ जनाको उपचार भैरहवा स्थित युनिभर्शल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भैरहेको छ । अस्पतालका अनुसार उनिहरुको अबस्था गंभिर छ । चारै जना पुरुष हुन् । अन्यको उपचार भिम अस्पताल भैरहवामा भैरहेको छ । प्रहरीका अनुसार बिहानीको बाक्लो कुहीरोका कारण दुर्घटना भएको अनुमान छ ।