सेन्चुरी कमर्सियल बैंक र होटल निर्वाणा बिच सेवा सुविधामा छुट दिने सम्झौता

भैरहवा, माघ १६ । सेन्चुरी कमर्सियल बैंक र होटल निर्वाणा बिच सम्झौता भएको छ । बिहिवार सेन्चुरी कमर्सियल बैंक र होटल निर्वाणा लक्जरी इन्टरनेशनल प्रा ली बिच सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने गरि सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरु होटलको रुम बुकिङ, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ पुल लगायत सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौता बैंकको भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र होटलका महा प्रबन्धक सुनिल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरि भएको हो ।