सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेल बीच सम्झौता

भैरहवा, माघ २१ । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका वडा नं.१३, भैरहवा, रुपन्देही स्थित मौर्या होटेल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई भव्यता का साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज लौण्ड्री लगायल सम्पुर्ण सेवा सुविधा मा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल प्रा.लि. ब्यावस्थापकीय संचालक राम बहादुर कोइरी ले हस्ताक्षर गर्नुभएको छ ।