रोहिणीका तिन स्थानमा निशुल्क मधुमेह परिक्षण

सम्झना शर्मा

भैरहवा, माघ २२ । रुपन्देहीको रोहिणी गाउंपालिकामा तिन दिने निशुल्क मधुमेह परिक्षण तथा थप उपचारका लागि परामर्श शिविर संचालन गरिने भएको छ । प्रतिमान नीमा प्रतिष्ठान भैरहवाको आयोजना तथा रोहिणी गाउंपालिकाको सहयोगमा माघ २३ ेिखि २५ गतेसम्म तिन दिन गाउंपालिकाका विभिन्न तिन स्थानमा शिविरको आयोजना गरिने भैरहवामा मंगलबार आायोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनुभयो । थापाका अनुसार माघ २३ गते गाउंपालिकामा रहेको जनचेतना नि.मा.वि, माघ २४ गतेरामनरेश मावि धकधई र २५ गते आर्दश बाल विकास केन्द्रमा शिविर संचालन गरिने छ । शिविरमा बढी भन्दा बढी स्थानीयहरुलाई उपस्थित गराई मधुमेह परिक्षणका साथै यसले मानिसको जिवनमा निम्याउन सक्ने अन्य रोगहरुका बारेमा सचेतना गराईने पतिष्ठानका निर्देशक धर्म केशीले जानकारी दिनुभयो । उहांका अनुसार शिविरमा प्रत्येक दिन १ हजार पांच सय बढीलाई सेवा दिने लक्ष्य छ । युनिभर्षल कलेज अफ मेडिकल साईन्ससेसको प्राविधिक सहयोगमा संचालन हुने शिविरमा एशियन डाईग्नोष्टिक ल्याव बुटवल र सिद्धार्थ फार्मास्युटिकल्सले समेत सहकार्य गरेका छन् । पछिल्लो समय वदलिदो जिवन शैलिका कारण मधुमेहका विरामीहरु बढ्दै गएको प्रति चिन्ता व्यतm गर्दै गाउंपालिकाले आफ्ना नागरिकहरुलाई सचेत गराउने र स्वास्थ्य उपचारमा अग्रसर गराउंने उद्देश्यले शिविरमा गाउंपालिकाले सहयोग गरेको गाउंपालिकाका अध्यक्ष सनोज कुमार यादवले बताउनु भयो । गाउंपालिकामा रहेका ४० हजार जनतालाई सचेत बनाउन र स्वास्थ्य संस्थाको पहुचमा पुर्याउन जुनसुकै संस्थासंग हातेमालो गर्न तयाररहेको अध्यक्ष यादवको भनाई छ । शिविरमा कम्तीमा ५ हजार जना लाभान्वित हुनेमा आफु विस्वस्त रहेको जनाउंदै लाभ लिन सबै गाउंवासीलाई अनुरोध गर्नुभयो । शिविर विहान ७ बजेदेखि दिउंसो ४ बजेसम्म संचालन हुने जनाईएको छ । शिविरमा रोग पत्ता लागेर थप उपचार गर्नुपर्ने विरामीहरुका लागि भैरहवा मेडिकल कलेजले सहुलियत दिने समेत सो अवसरमा जानकारी गराईएको छ । सबैका लागि जिवन अभियानको शुभारम्भ शिविरकै अवसर पारेर प्रतिष्ठानले नयां सोचका साथ सबैका लागि जिवन अभियानको शुभारम्भ गर्ने जनाईएको छ । जिल्लाका विभिन्न अस्पतालमा रगतको अभावमा विरामीहरु छट्पटाईरहेको अवस्थामा आवश्यकता अनुसारको रगत समुहका व्यतिmलाई तुरुन्त उपस्थित गराई रगत उपलब्ध गराउने लक्ष्यका साथ अभियानको सुरु गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनुभयो । सचेतनाको कमिका कारण आफ्नै परिवारभित्रका व्यतिmहरु प्नि रगत दिन नमान्ने गरेका कारण रगत दान गर्नु स्वास्थ्यका लागि समेत उपयुतm हो भन्ने सचेतना फैलाउन समेत अभियान आवश्यक रहेको उहांले बताउनु भयो । यस अभियान अन्तरगत प्रतिष्ठानले निशुल्क स्वास्थ्य परिक्षण, रगत समुह छुट्याउने व्यवसथा लगायतका परिक्षण गरी सम्बन्धित व्यतिmलाई रगत दानका विषयमा परामर्श पछि प्रतिवद्धता दिने काम गरिनेछ । यसरी प्रतिबद्ध व्यतिmहरुको लगत राखि विरामीको आवश्यकता अनुसार व्यतिmलाई सिधै अस्पतालमा उपस्थित गराई रगत निकालिने छ । यसका लागि प्रतिष्ठानले हटलाईन नम्बर ९८४७३१९७४४ चौविशै घण्टा खुल्ला राख्ने जनाएको छ । यस्तै सबैका लागि जिवन फेसबुक आईडि समेत सक्रिय पारिने छ । प्रतिष्ठानले हाल शिक्षा,अनुसन्धान तथा समुदायका बीचमा काम गर्दै आईरहेको छ ।