साहित्यकार बिजय सागर श्रेष्ठ सम्मानित

प्रतिक पौडेल

भैरहवा, माघ २५ । थकाली सेवा समिती भैरहवाले साहित्यकार बिजय सागर श्रेष्ठलाई सम्मान गरेको छ । शनिवार भैरहवामा एक कार्यक्रमका विच समितीले साहित्यकार बिजय सागर श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठ सँगै उहाकी जिवन संगिनी उषा श्रेष्ठको सम्मान पनि कार्यक्रममा गरिएको छ ।


श्रेष्ठलाई थकाली समुदायको इतिहासको खोज गरे बापत सम्मान गरिएको हो । श्रेष्ठले थकाली समुदाय इतिहासको बारेमा पुस्तक समेत प्रकाशन गरेका छन् । शनिवार कार्यक्रममा उक्त पुस्तक समेत प्रस्तुत गरिएको छ ।

सम्मान थकाली समुदायका केन्द्रिय सल्लाहकार तथा कार्यक्रमका प्रमख अतिथी ओमकार गौचनले गर्नुभएको हो ।
कार्यक्रम थकाली सेवा समिती भैरहवाका सभापती शङ्करमान भट्टचनको अध्यक्षतामा भएको हो । कार्यक्रम संयोजक मिना शेरचनको स्वागतमा भएको कार्यक्रममा विशिष्ठ अतिथी समितीका केन्द्रिय सदस्य क्याप्टेन शिव प्रसाद शेरचन, साहित्यकार बनमाली निराकार, समाजसेवी नारायण प्रसाद अग्रवाल, लुम्विनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाई, प्राज्ञ बुदं राना, प्रा डा कपिल देव लामिछाने लगायतले मन्तव्य राख्नुभयो ।

कार्यक्रममा साहित्यकार रुद्र ज्ञवालीले कविता वाचन गर्नुभयो । कार्यक्रम सम्झना शर्माको संचालनमा भएको हो ।