मर्चवारमा एक नावालिका माथी सामुहिक बलात्कार

भैरहवा, फागुन ५ । रुपन्देहीको मर्चवारमा एक नावालिका माथी सामुहिक बलात्कार भएको छ । आइतबार राती ११ बजे सम्मरीमाई गाउपालिकमा १६ वर्षीया नावालिका माथि सामूहिक बलात्कार भएको हो।

सम्मरीमाई गाउपालिका ३ स्थित गाउमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी बालीकालाई घर बाहिर बोलाएर नजिकै  निर्मा्धिन अवस्थामा रहेको भवनमा लगेर तिन जना युवाले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

जाहेरी पिडितका आफन्तले सोमवार बिहान इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर दिएपछि घटना बाहिर आएको हो ।

बालिकाको भैरहवा स्थित भिम अस्पतालमा उपचार भइरहेको छ । बालिकाको बुवा अस्वस्थ रहेको कारण आमा र बुवा उपचारको लागी भारतको मुम्बईमा रहेका छन् । बालिका आफ्नो शाररिक रुपमा अस्वस्थ हजुरवुवा, एक बिहिनी र भाई सँगै बस्दै आएकी छन् ।

बलात्कारमा संग्लन तिन युवा पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार ईलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको जानकारी प्रहरी निरिक्षक चित्र बहादुर घलेले दिए।

प्रहरीका अनुसार पक्राउ परेका युवाहरु अन्दाजी २२-२३ बर्षका रहेका छन् । प्रहरीले घटनाको बारेमा थप बिवरण अनुशन्धान पछि मात्र आउने जानकारी दिएको छ ।