भैरहवामा प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि हुने

भैरहवा, फागुन ६ । भैरहवामा प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि आयोजना हुने भएको छ । प्रतियोगिता फ्युचर लाईट हाई स्कुल अन्तर्गत रहेको फ्युचर लाइट भलिवल कल्बको आयोजनामा फागुन ८ गतेदेखि भैरहवा क्षेत्र अन्तर कलेज स्तरिय आयोजना हुने भएको हो ।

मंगलवार पत्रकार सम्मेलन कार्यक्रम गर्दै कल्बले प्रतियोगिता बारे जानकारी दिएको हो । कल्बका अध्यक्ष अस्मित लामगादेको अध्यक्षतामा भएको कार्यक्रममा फ्युचर लाईट हाई स्कुलका प्रिन्सिपल तथा क्लवका संरक्षक गम्भीर गुरुङले प्रतियोगिता फागुन ८ र १० गते हुने जानकारी दिनुभयो । गुरुङका अनुसार प्रतियोगितामा भैरहवा क्षेत्रको ८ वटा कलेजको सहभागिता रहनेछ । गुरुङले भैरहवा क्षेत्रमा भलिवल खेलको प्रवर्द्धनको लागी प्रतियोगिताले महत्वपुर्ण खेल्ने बताउनुभयो ।

क्लवले हाल सम्म ६ वटा कलेज भैरहवा बहुमुखी क्याम्पस, रुपन्देही क्याम्पस, रुपन्देही लिलाराम मा वी, मुनलाईट मा वी, साई ग्लोवल मा वी, न्यु ईरा मा वी कार्यक्रममा सहभागिता जनाउने निश्चित भएको बताएको छ । क्लवका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार नगद पुरस्कार र ट्रफी तथा दृतिय हुनेलाई १० हजार नगर पुरस्कार र ट्रफी प्रदान गरिने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रशिक्षक एम सलामी मगर, लुम्विनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाई, समुहिक बिध्यालय परिवारको कार्यवाहक अध्यक्ष राजकुमार गुरुङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रतियोगिता संयोजक सरोज सुनारको संचालनमा भएको हो ।