लेखा समुह रुपन्देहीको अध्यक्षमा युवराज पौडेल

भैरहवा, फागुन ६ । लेखा समुह रुपन्देहीको अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । समुहको तेस्रो अधिवेशन तथा पाचौं साधारण सभा बनबाटिका रुपन्देहीमा सम्पन्न भएको हो । कार्यक्रम प्रमुख कोष निरिक्षक चन्द्र प्रसाद भुसालको प्रमुख आतिथ्यता र प्रमुख लेखा निरिक्षक दिपक ज्ञवालीको बिशिष्ट आतिथ्यतामा भएको हो । कार्यक्रम समुहका अध्यक्ष लेखा अधिकृत लुंजलाल शाक्यको अध्यक्षतामा भएको हो । 

अधिवेशनले कोष निरिक्षक युवराज पौडेलको अध्यक्षतामा ११ सदस्यीय लेखा समुहको कार्य समिती निर्बिरोध चयन गरेको छ । कार्य समितीको उपाध्यक्ष नविन श्रेष्ठ, सचिव आलोक अग्रहरी, सह सचिव ओमेश गैरे, कोषाध्यक्ष हरी ज्ञवाली, सदस्यहरु पवित्रा भुसाल, दान बहादुर खनाल, मुक्ती भट्टराई, बिनोद पौडेल, प्रभात महर्जन र रमेश शाही रहेका छन् ।  

यस्तै कार्यसमिती गठन गर्न देव बहादुर घर्तीको संयोजकत्वमा निर्वाचन मण्डल गठन भएको हो जसको सदस्यहरुमा होमनाथ देवकोटा, पर्सुराम भट्टराई, कृष्ण प्रसाद ज्ञवाली र गिता पाण्डे रहेका हुन् ।

कार्यक्रममा लेखा समुहका सदस्य मुक्ती भट्टराईको स्वागत र कोषाध्यक्ष टंक प्रसाद पंगेनीको सचिव प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत भएको हो ।  कार्यक्रम सचिव लेखा अधिकृत बुद्धिसागर पाण्डेको संचालनमा भएको हो ।