कालिका माध्यमिक बिध्यालयमा कालिका प्रिमियर लिग बिहिवार देखी शुरु

भैरहवा, फागुन ८ । मायादेवी गाउपालिका बेथरीमा रहेको कालिका माध्यमिक बिध्यालयमा कालिका प्रिमियर लिग बिहिवार देखी शुरु भएको छ । ७ औ संस्करणको टि ट्वान्टी फर्मेटको क्रिकेट प्रतियोगिता बिध्यालय स्तरिय हो । दुई दिन सम्म चल्ने यस प्रतियोगिता बिहिवार बिध्यालय ब्यवस्थापन समिती अध्यक्ष हरी गुरुङले उद्धघाटन गर्नु भएको हो । बिध्यालयका संस्थापक अध्यक्ष रेवन्त बहादुर थापाको अध्यक्षतामा उद्धघाटन कार्यक्रम भएको हो । प्रतियोगिताको संयोजन बिध्यालयका प्राचार्य बिष्णु थापाले गर्नुभएको छ । प्राचार्य थापाका अनुसार बिध्यालयमा अध्ययनरत बिध्यार्थहरुको खेलकुद बिकासको लागी बिगत ७ बर्ष देखी लगातार बिध्यालयले गर्दै आएको छ । बिहिवार बिध्यालयको ६ वटा टिम कालिका टाइगर, कालिका लेजेन्ड, कालिका पाइथन, कालिका स्टिलर्स, कालिका रोयल र कालिका राइनोज बिच भएको ६ खेलबाट प्रतियोगितामा कालिका पाइथन, कालिका रोयल, कालिका स्टिलर्स र कालिका राइनोज सेमिफाइनलमा पुगेका छन् । माघ ९ गते शुक्रवार हुने सेमिफाइनल कालिका पाइथब र कालिका राइनोज तथा कालिका रोयल र कालिका स्टिलर्स बिच हुनेछ । शुक्रवारनै फाइनल खेलपनि हुनेछ ।