प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि शुरु

भैरहवा, फागुन ८ । भैरहवामा प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिता बिहिवार देखि शुरु भएको छ । प्रतियोगिता फ्युचर लाईट हाई स्कुल अन्तर्गत रहेको फ्युचर लाइट भलिवल कल्बको आयोजनामा भएको हो । बिहिवार मायादेवी गाउपालिका अध्यक्ष धुर्वनारायण चौधरीले प्रतियोगिताको उद्धघाटन गर्नुभएको हो । कल्बका अध्यक्ष अस्मित लामगादेको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रम मायादेवी गाउपालिका वडा नं ८ अध्यक्ष चोक बहादुर थापा, रुपन्देही जिल्ला खेलकुद कार्यालय प्रमुख संगम थापा र समाजसेवी शंकर ज्ञवालीको बिशिष्ठ आतिथ्यतामा भएको हो । उद्धघाटन कार्यक्रममा बिध्यालयका प्राचार्य गम्भिर गुरुङ, रुपन्देही क्रिकेट संघ जिल्ला अध्यक्ष प्रशान्त बिक्रम मल्ल, लुम्बिनी प्रेस क्लव अध्यक्ष दिपेश पछाई, सामुहिक बिध्यालय परिवार कार्यवाहक अध्यक्ष राजकुमार गुरुङ, सिद्धार्थनगर नगरपालिका वडा नं ८ सदस्य उमेश थापा लाटो मगर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रतियोगिता संयोजक सरोज सुनारको स्वागतमा भएको हो । बिहिवार भएको प्रतियोगितामा साई ग्लोवल एकेडमी, रुपन्देही लिलाराम, भैरहवा बहुमुखी क्याम्पस र मुनलाईट मा वी सेमिफाइनलमा पुगेका छन् । माघ १० गते शनिवार हुने सेमिफाइनल साई ग्लोवल एकेडमी र रुपन्देही लिलाराम तथा मुनलाईट र भैरहवा बहुमुखी बिच हुनेछ । शनिवारनै फाइनल खेलपनि हुनेछ । क्लवका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार नगद पुरस्कार र ट्रफी तथा दृतिय हुनेलाई १० हजार नगर पुरस्कार र ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा भलिवल रेफ्रीको रुपमा एम सलामी मगर र प्रविण शारु मगर रहनुभएको छ ।