सेञ्चुरी कमर्सियल बैंक र होटेल वोद्यी रेडसन बीच सम्झौता

भैरहवा, फागुन ९ । सेञ्चुरी कमर्सियल बैंक र वोद्यी रेडसन होटल प्रा.लि.बीच विभिन्न सेवा सुविधामा १५ प्रतिशत सम्म दिइने छुट सम्बन्धि सम्झौता भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई भव्यता का साथ सफल पार्न बैंकले आफ्ना खाता वालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहक हरु तथा संस्थापक शयेर धनिहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेर धनिहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, स्विमिङ्ग पुल, स्पालगायल सम्पुर्ण सेवा सुविधामा १० देखि १५ प्रतिशत सम्म छुट पाउनेछन् । उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र वोद्यी रेडसन होटल प्रा.लि.का महाप्रवन्धक राज अधिकारी (शर्मा) ले हस्ताक्षर गर्नुभएको छ ।