नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ नगर कार्य समितीको ९ औ साधारण सभा सम्पन्न

भैरहवा, फागुन १२ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ नगर कार्य समिती भैरहवाको ९ औ साधारण सभा सोमवार भैरहवामा सम्पन्न भएको छ । साधारण सभा कार्यक्रम रामविध्या विश्वकर्माको अध्यक्षतामा भएको हो ।
संघका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चन्द्रिका धवल, तुल्सा अर्याल, महेन्द्र भारती, रामप्रित धवल, शिवधन यादव, रामअवतार धवल, रामविध्या बिश्वकर्मा, पर्शुराम चौधरी, जोखु यादव, कोमल चौधरी र राजकुमार लोहार विभिन्न बिधामा सम्मानित हुनुभयो ।


कार्यक्रममा सुर्यदेव यादव, विरबहादुर लामा, ओम प्रकाश चौधरी, दिपेश पछाई लगायतले मन्तव्य दिनुभयो । कार्यक्रममा संघका कोषाध्यक्ष राम प्रसाद पासवानले लेखा प्रतिवेदन पेश गर्नुभयो । संघको महिला उपाध्यक्ष सुनिता शाहनीको स्वागतमा भएको कार्यक्रम संचालन सचिव चन्द्रिका धवलले गर्नुभएको हो ।
२०६३ सालमा नेपाल भवन निर्माण तथा कर्मी संघको नामले स्थापना भएको संघ पाच वटा संघ संगठन एक भएर नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ भएको हो । संघको हाल २ सय २६ सदस्य रहेका छन् । संघले कुनै पनि मजदुर दुर्घटना भएमा ४० हजार औषधी उपचार खर्च, मृत्यु भएमा १ लाख ७५ हजार रुपैया उपलब्ध गराउदै आएको छ ।