रोटरी क्लव अफ सेन्ट्रल लुम्विनी द्वारा बिध्यालयमा सहयोग

भैरहवा, फागुन १३ । रोटरी क्लव अफ सेन्ट्रल लुम्विनीले बिध्यालयलाई सहयोग गरेको छ ।

११५ औ रोटरी इन्टरनेशनल दिवशको अवशरमा ओमसतिया ३ मा रहेको जनता आधारभुत बिध्यालयलाई क्लवले स्टेशनरी बितरण गरी सहयोग गरेको हो ।

सहयोग कार्यक्रम क्लवको अध्यक्ष प्रेम राज शर्मा लोहनीको अध्यक्षतामा भएको हो ।

क्लवले बिध्यालयका १ सय ३० बिध्यार्थीलाई २ कापी १ पेन्सिल र साथै चकलेट बितरण गरेको जानकारी कार्यक्रम संयोजक दिनेश पौडेलले दिनुभयो ।