स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धी तालीम

भैरहवा, फागुन १३ । कोष तथा लेखा नियन्त्रक कार्यालय, रूपन्देहीले स्थानीय तहमा कार्यरत लेखा तथा अन्य शाखाका कर्मंचारीहरूलाई तीन दिने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र सम्बन्धी तीन दिने तालीम दिएको छ ।

वित्तीय सुशान कायम गराउने उद्देश्यले जिल्लाका १६ वटै स्थानीय तहका प्रतिनिधिहरुको लागि सुत्र प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । तालीममा १६ वटै पालिकाका ४१ जनाको सहभागिता रहेको थियो । बुटवलमा सञ्चालित तालीम मंगलबार सकिएको हो ।

राजश्व शिर्षकको वर्गिकरण, चालू खर्च शिर्षकको वर्गिकरण पूँजीगत खर्च शीर्षकको वर्गिकरण स्थानीय तहमा हुने प्रयोग खर्चका शिर्षकहरुको विस्तृत जानकारी लगायत जानकारी गराइएको थियो । तालीमको सहजीकरण प्रमुख कोष चन्द्रप्रसाद भुसाल, कोष नियन्त्रक युवराज पौडेल, लेखा अधिकृतद्धय रविराज पौडेल, ओमेशकुमार गैरेले गरेका थिए । कार्यक्रममा चन्द्रप्रसाद भुसाल, कोष नियन्त्रक परशुराम भट्टराई, लेखा अधिकृत रविराज पौडेल, ओमश गैर, कार्यक्रमका सहसंयोजक हरिप्रसाद ज्ञवाली लगायतले बोलेका थिए ।