एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट – राइनोज क्रिकेट क्लब काठमाण्डौ र सोविज क्रिकेट क्लब काठमाण्डौ विजयी

भैरहवा, फागुन १८ । भैरहवामा सञ्चालित अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबार भएको खेलमा राइनोज क्रिकेट क्लब काठमाण्डौ र सोविज क्रिकेट क्लब काठमाण्डौ विजयी भएका छन् । राइनोजले गुजराज लायन्स पाकिस्तानलाई ८ विकेटले र सोबिजले अल्फा वारियर्स मुम्बईलाई १५ रनले पराजित गरेको हो ।

पहिलो खेलमा टस जितेर राइनोजले फिल्डिगं रोजेपछि पहिलो व्याटिङको निम्तो पाएको गुजरात लायन्सले निर्धारित १८ ओभरमध्ये १३ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै १०७ रनको योगफल बनायो । उसका लागि सोनु अन्सारीले ६५, नरेश चन्दले २६ (नटआउट) र सुनिल चन्दले १० रनको योगदान गरे ।

बलिङमा राइनोजका दिपेन्द्र ऐरीले ३, अल्फाज मन्सुरी र समसाद अन्सारीले २÷२ तथा धिरज शाही र मान बहादुर थापाले १÷१ विकेट लिए ।

जवाफमा गुजराज लायन्सले १८ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनायो । उसका लागि अबु बकर सिद्धिकीले २३, इल्यास रजाले १४ (नटआउट) र सदाखत अवनले ११ रन बनाए । बलिङमा गुजरात लायन्सका जाफिर जमसिदले १ विकेट लिए । खेलमा राइनोजका सोनु अन्सारी म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा टस जितेर व्याटिङ गरेको सोबिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनायो । उसका लागि अभियान बस्नेतले ३६ (नटआउट), दिपक बोहराले १५ र अंकित सिंहले १३ रनको योगदान गरे ।

बङिमा अल्फा वारियर्सका योगराज घरातले र रितेश कुमारले २÷२ तथा जानुज प्रताप सिंह र हम्जा फारुकीले १÷१ विकेट लिए ।

जवाफमा अल्फा वारियर्सले २० ओभरमा ६ विकेट गुमाउँदै १०१ रन बनायो । उसका लागि रितेश कुमारले २०, अजय श्रीवास्तवले १९ र प्रथमेश महास्करले १४ (नटआउट) रनको योगदान गरे ।

बलिङमा सोबिजका अभियान बस्नेतले २ तथा सुभम सिंह ठकुरी र अनुप श्रेष्ठले १÷१ विकेट लिए । खेलमा सोबिजका अभियान बस्नेत म्यान अफ द म्याच घोषित भए ।

आइतबारको पहिलो खेल वेस्टर्न क्रिकेट क्लब बुटवल र असरक स्पोर्टस् क्लब बंगलादेश तथा दोस्रो खेल शंकरनगर क्रिकेट क्लब रुपन्देही र गुजरात लायन्स पाकिस्तानबीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

भैरहवा क्वीन्स प्रा.लि.को आयोजना, राइनो स्पोर्ट्सको संयोजन तथा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश पाकिस्तानका गरी ८ वटा व्यवसायिक क्लबले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको छ भने प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउनेछ ।