दरखसवा गाउँ समाजको प्रथम अधिवेशन तथा साधारण सभा सम्पन्न

भैरहवा, फागुन १८ । सिद्धार्थनगर नगरपालिका वडा नं ३ दरखसवा गाउँ समाजको प्रथम अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । दरखसवा महिला सामुदायिकको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी वडा नं ३ का अध्यक्ष थानेश्वर पौडेलले आजको समाज परिवर्तित समाज भएकोले अब हामी बोलेर होइन कि काम गरेर देखाउनु पर्ने बेला आएकोले समाजमा रहेका बिकृती बिसंगतीलाई निर्मुल पार्ने जिम्मा हामी सबैको दायित्व भएको कुरा जनाउदै नगरपालिकाले वडा नं ३ मा गरेका कार्यहरुको जानकारी गराउनु भयो । त्यस्तै गरि विशिष्ट अतिथी सिद्धार्थनगर वडा नं ८ को वडा सदस्य तथा न्यायीक समितिका सदस्य उमेश थापा लाटोमगरले नेपाल विविधताले भरिए झै शहरका समाज पनि विविधतायुक्त समाजलाई रुपान्तरण गर्न चुनौती भएकोले नयाँ आयामबाट गाउँ समाजले रचनात्मक कार्य गर्नु पर्नेमा जोड दिनु भयो ।

वडा नं ३ का वडा सदस्य तथा दरखसवा महिला सामुदायिक समुहका अध्यक्ष रुपमाया पुनले कार्यक्रममा बोल्दै कृयाशिलताले नेतृत्व प्रदान गर्ने हुदा दरखसवा गाउ समाजले दरखसवा महिला सामुदायिक जन्माएको र अवल भएको बताउनु भयो । कार्यक्रममा समाजका अध्यक्ष ओम प्रसाद पुन को अध्यक्षता र उपाध्यक्ष रविकुमार श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रममा कोषाध्यक्ष मन बहादुर थापा मगरले वार्षिक आय ब्यय प्रस्तुत गर्नु भएको थियो भने सचिव श्याम कुवरले समाजको प्रगती विवरण पेश गर्नु भएको थियो । कार्यक्रममा मन्दिर तथा गाउँ समाजमा कृयाशिल रुपमा कार्य गरे बापत मान सिं महतलाई सम्मान गरेको थियो भने त्यस्तै भ्वाइज अफ भैरहवाका बिजेता भुपेन्द्र थापा मगरलाई समेत समाजले सम्मान गरेको थियो । समाजका भू पू उपाध्यक्ष बिनय ज्ञवालीलाई नेपाल क्रीकेट संघ प्रदेश नं ५ का कार्य समिती सदस्य भएकोमा सम्मान गरिएको थियो । समाजका सद्स्य सागर पुनले अन्तर बिधालय नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेकोमा सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा सद्स्य नारायण सापकोटा , अमृता थापा, भु पु अध्यक्ष चन्द्र बहादुर पुन मगर र खडक ध्वज घले लगायतले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम संचालन समाजका सचिव श्याम कुवरले सन्चालन गर्नु भएको थियो । प्रथम अधिवेशनले ओम प्रसाद पुन मगरको अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति गठन गरेको छ वरिष्ठ उपाध्यक्ष रबि कुमार श्रेष्ठ , उपाध्यक्ष बिनय ज्ञवाली , सचीव श्याम बहादुर कुवर र कोषाध्यक्षमा मन बहादुर थापा रहनु भएको छ भने सदस्यहरुमा रत्ना कुमारी थापा ,नीतु सिंह , यान बहादुर थापा ,गोपाल भन्डारी , गङ्गा बहादुर थापा र रन बहादुर पुन निर्वा्चित हुनु भएको छ ।