फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिताको उपाधी साई ग्लोवल एकेडमी लाई

भैरहवा, फागुन १८ । भैरहवा प्रथम फ्युचर लाइट भलिवल कप २०७६ प्रतियोगिताको उपाधी साई ग्लोवल एकेडमीले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा साई ग्लोवलले भैरहवा बहुमुखी क्याम्पसलाई पराजित गर्दै उपाधी हात पारेको हो । प्रतियोगिता फ्युचरलाईट हाई स्कुल अन्तर्गत रहेको Ïयुचर लाइट भलिवल कल्बको आयोजनामा भएको हो ।

कल्बका अध्यक्ष अस्मित लामगादेको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रम जिल्ला भलिवल संघ रुपन्देहीको बरिष्ठ उपाध्यक्ष सुरेन्द्र कुमार शाक्यको प्रमुख आतिथ्यता र फ्युचरलाईट हाई स्कुलका प्राचार्य गम्भिर गुरुङको बिशिष्ठ आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रतियोगिता संयोजक सरोज सुनार, सामुहिक बिध्यालयका प्रतिनिधी लगायतको आतिथ्यतामा रहेको थियो ।

समापन कार्यक्रम क्लवका सचिव प्रशान्त काफ्लेको संचालनमा भएको हो । माघ ८ गते देखी शुरु भएको प्रतियोगितामा ८ वटा बिध्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार नगद पुरस्कार र ट्रफी तथा दृतिय हुनेलाई १० हजार नगर पुरस्कार र ट्रफी प्रदान गरिएको छ ।