युनिभर्सल स्कुलको २१औं अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न

भैरहवा, फागुन १८ । भैरहवामा रहेको युनिभर्सल स्कुलमा २१औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र २०७५ मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल,पदक,प्रमाणपत्र एवम् विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको थियो । साथै सोही अवसरमा दुईजना अभिभावकलाई सम्मान गरिएको थियो भने दीर्घ सेवा पदकबाट तीनजना शिक्षकलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।

कार्यक्रम विद्यालयका अध्यक्ष देवी गुरुङको अध्यक्षता, नगर उपप्रमुख उमा काफ्लेको प्रमुख आतिथ्यता, सामूहिक विद्यालय परिवार रुपन्देही अध्यक्ष भरत गिरीको विशिष्ट आतिथ्यता ,स्वयम् सेवी रक्तदाता समाज रुपन्देही समाज उपाध्यक्ष भिस्म के सी ,लिसारा सेनेटरी उद्योगका सञ्चालक लाल ब. थापा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य चन्द्र प्रकाश न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका प्रबन्ध निर्देशक गोकुल पोखरेलको स्वागत मन्तव्य तथा किरण गुरौको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा विद्यार्थिहरुले विभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।