सामुहिक बिध्यालय परिवार रुपन्देहीले नियमित अतिरिक्त क्रियाकलाप सम्पन्न

भैरहवा, फागुन १८ । सामुहिक बिध्यालय परिवार रुपन्देहीले नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत जुनियर तह स्तरीय चित्रकला प्रतियोगिता गरेको छ । परिवारको अध्यक्ष भरत गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता सिद्धार्थनगर नगरपालिका वडा नं ९ अध्यक्ष शेषकान्त भण्डारीको रहेको थियो ।

प्रतियोगितामा छात्र तर्फ मिनर्वा हाई स्कुलका आशिष मल्ल प्रथम, लुम्बिनी विज्डमका दिपेश बरई दृतिय, फ्लोरल इ बो स्कुलको राजदेव यादव तृतिय र एभरग्रिन प्यासिफिक इ बो स्कुलको सुमित यादव सान्त्वना भएका छन् । यसैगरी छात्रा तर्फ मिनर्वा हाई स्कुलका आश्मा सनानी प्रथम, आदर्श बिध्या मन्दिरका कुश्मा ठगुना दृतिय, युनिक होम्सका साधना चौधरी तृतिय र साई ग्लोवलको आश्रा भट्टराई सान्त्वना भएका छन् ।

प्रतियोगिताको निर्णायकको रुपमा अर्जुन गुरुङ र मनोहर थापा रहनुभएको थियो । प्रतियोगितामा १५ बिध्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता लुम्विनी विज्डम इ बो स्कुलमा भएको हो ।

महेश भुर्तेलको संयोजनमा भएको प्रतियोगिताको संचालन युवराज पोखरेलले गर्नुभयो ।