एसियन च्यालेञ्जर ट्रफीको उपाधी शंकरनगरलाई


भैरहवा फागुन २२,
एसियन च्यालेञ्जर ट्रफी क्रिकेट प्रतियोगिताको उपाधी शंकरनगर क्रिकेट क्लबले जितेको छ । उपाधीसागै उसले नगद तीन लाख पाएको छ ।
भैरहवाको सिद्धार्थ रगंशालामा बिहिबार भएको फाइनलमा शंकरनगरले राइनोज क्रिकेट क्लव काठमाडौालाई २६ रनले हराउादै उपाधी चुपेको हो । टच हारेर व्याटिङको निम्तो पाएको शंकरनगरले २० ओभरमा ६ विकेट गुमाउादै एक सय ७७ रन बनायो । उसका लागि शंकर रानाले सर्वाधिक ७६ रन तथा तुल बहादुर थापाले २५ र सन्दीप सुनारले २२ रन हाने । बलिङमा राइनोजका सुर्य तामाङले दुई, कमल ऐरी, रोहित पौडेल र रमेश कुर्मीले एक एक विकेट लिए । जवाफमा व्याटिङ गर्न आएको राइनोज १९ दशमलव पााच बलमा सबै विकेट गुमाउादै एक सय ५१ रन मात्र बनाउन सक्यो । शंकरनगरबाट अनिल खरेलले तीन तथा सुरज दरै, बिक्रम भुषाल, सहाब आलम, सन्दीप सुनार र दुर्गेश गुप्ताले एक एक विकेट लिए । खेलमा शंकरनगरका शंकर राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा असरक ग्लोबल स्पोर्टस् बंगलादेशका अलि समद म्यान अफ द सिरिज तथा बेष्ट ब्याट्सम्यान, शंकरनगर क्रिकेट क्लब रुपन्देहीका विक्रम भुसाल वेष्ट बलर र शंकरनगरकै सौरभ खनाल मोष्ट भ्यालुएबल प्लेअर घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
भैरहवा क्वीन्स प्रा.लि.को आयोजना, राइनो स्पोर्ट्सको संयोजन तथा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश पाकिस्तानका गरी ८ वटा व्यवसायिक क्लबले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाएका छन् ।
प्रतियोगिताका विजेतालाई प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले पुरस्कार प्रदान गरे । सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य पाण्डेयले खेलकुद क्षेत्रको विकासको लागि राज्यले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा क्रिकेट संघका पुर्ब केन्द्रीय सदस्य प्रेम कुमार सेन्चुरी लगायतले बिजेतालाई पुरस्कार बितरण गरेका थिए ।