न्युरो एण्ड एलाइड क्लिनिक द्धारा स्ट्रोकका बिषयमा चिकित्सकहरुका लागी प्रशिक्षण ।

भैरहवा फागुन १८
चौथो स्ट्रोक मास्टर क्लास २०२० र स्ट्रोक सिएमइ भैरहवामा सम्पन्न भएको छ । नेपाल पक्षघात संघ र न्युरो एण्ड एलाइड क्लिनिकको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता डा. लेखजंग थापाले गर्नुभयो ।
प्रदेश नं ५ समाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशीष्ठ आतिथ्यता पुर्व मन्त्री हकिक उल्लाह खानले गर्नुभयो । कार्यक्रममा लुम्विनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाई, शंकर गाहा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम सुलोचना घिमिरेको स्वागत र डा नविन चौधरीको संचालनमा भएको हो । सो अवसरमा बिभिन्न क्षेत्रबाट पक्षघात नियन्त्रणमा सहयोग पुराउनेहरुलाई सम्मान गरिएको थियो । न्युरो एलाईट क्लिनिकले पक्षघातका बिषयमा हरेक क्षेत्रबाट जनचेतना जगाउने प्रयास गरेको छ । बिभिन्न क्षेत्रमा रहेका चिकत्सिकहरुलाई पक्षघातका बिषयमा जानकारी गराई त्यस प्रकारका बिरामीहरु आए बिरामी पहिचान र प्राथमिक उपचार पछि रेफर गर्न सहज होस भन्ने उदेश्यले हरेक बर्ष यस्तो प्रकारको कार्यक्रम गरिदै आएको छ ।
न्युरो एलाईडले प्रशिक्षण कार्यक्रमहरुमा ग्रान्डी अस्पतालका डा राजु पौडेल, नर्भिक अस्पतालका डा पंकज जलन, अन्नपुर्ण अस्पतालका डा अभिनास चन्द्र, नेपाल मेडासिटी अस्पतालका डा बाबुराम पोखरेल, बिर अस्पतालका डा घनश्याम खरेल, गान्डी अस्पतालका डा विवेक रौनियार, न्युरो अस्पतालका डा सुमन भट्टराई, ग्रान्डी अस्पतालका डा शुभाष फुयाल, ह्याम्सका डा मनोज बोहरा, युसिएमएसका सुलोचना घिमिरे, न्युरो एण्ड एलाइड क्लिनिकका डा रोशन बिक, डा महेश राज घिमिरे, डा पुष्प राज जोशी, डा राजेन्द्र खनाल, डा दिपेश प्रधान, डा सतदल चौधरी, डा सदन मुखी, डा सुदर्शन थापा, डा सन्तोष शाह, डा कृष्ण अग्रवाल, प्रा डा सराज गुरुङ लगायतलाई सहभागिता गराउदै आएको छ ।
कार्यक्रम सुलोचना घिमिरेको स्वागत र डा नविन चौधरीको संचालनमा भएको हो । सो अवसरमा बिभिन्न क्षेत्रबाट पक्षघात नियन्त्रणमा सहयोग पुराउनेहरुलाई सम्मान गरिएको थियो । न्युरो एलाईट क्लिनिकले पक्षघातका बिषयमा हरेक क्षेत्रबाट जनचेतना जगाउने प्रयास गरेको छ । बिभिन्न क्षेत्रमा रहेका चिकत्सिकहरुलाई पक्षघातका बिषयमा जानकारी गराई त्यस प्रकारका बिरामीहरु अस्पताल या क्लिनिकमा आए बिरामी पहिचान र प्राथमिक उपचार पछि रेफर गर्न सहज होस भन्ने उदेश्यले हरेक बर्ष यस्तो प्रकारको कार्यक्रम गरिदै आएको डा लेख जंग थापाले बताए । कार्यक्रम डा सुमन भट्टराई, डा महेश राज घिमिरे, डा रचना नकर्मी, हर्षिता मित्तल, अशिन गुरुङ लगायतको सहभागीता रहेको थियो ।