कपिलवस्तुमा महिला माथि एसिड आक्रमण

कपिलवस्तु, फागुन २५ । कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंज चोकमा एसिड प्रहारले १ जना घाईते भएकी छिन । शुक्रवार साझ ८ वजे महाराजगंज नगरपालिका वस्ने बेदमती देवी गुप्ता घाईते भएकी छिन । करीव ५१ वर्षिय गुप्ताको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कायालयलाई उदृत गर्दौ बडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको छ ।

उनको निधार र शरिरमा एसीड लागेको ई.प्र.का. चन्द्रौटाका प्रहरी निरीक्षक दिपेस खरेलले प्रेस पाटीलाई बताए । एसीड आक्रमण पछी घाईते गुप्तालाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचार का लागी पठाइैएको थियो । त्यहा उपचार हुन नसके पछी युनिर्भसल मेडिकल कलेज अस्पताल भैरहवामा उपचार  पुराइएको थियो । गुप्ता अहिले सम्म वोल्न सक्ने अवस्थामा नभएको वताईएको छ । क्रिकेट व्याडको विषयमा विवाद चल्दै गर्दा छिमेकी हरी नारायण वरईले एसिड प्रहार गरेका हुन

वरईले क्रिकेट व्याड भाचे पछी व्याडको पैसा तिनु पर्ने भन्दै झगडा भएको वेलामा व्याट्रिमा राख्ने तेजाव फालेका थिए । वरईको व्याट्रि मर्मत गर्ने पसल संचालन गर्छन । प्रहरीले वरईको पसल वाट ५ लिटर एसिड समेत वरामद गरेको छ । एसीड प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन  । उनलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता भएको छ ।