युवालाई सिप सिकाई काम देउ सरकार : युवा

श्रमको पहिचान गर्ने संस्कृतिको कमि हुंदा वेरोजगार बढ्यो : मुख्य मन्त्री पोख्रेल

सम्झना शर्मा

भैरहवा,फागुन २८

युवाहरुको उर्जाशिल समय र सिपलाई प्रयोग गरी प्रदेशको समृद्धिमा लगाउन यहांका युवाहरुले प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेल समक्ष आग्रह गरेका छन् ।

सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ५ को आयोजना तथा जिल्ला युवा समिति रुपन्देहीको समन्वयमा भैरहवामा बुधबार सम्पन्न मुख्यमन्त्री संग युवा कार्यक्रममा सहभागी युवाहरुले सिप विनाको शैक्षिक प्रमाण पत्रको कुनै अर्थ नहुनाले देशका युवाहरु रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दै गएको प्रति मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

देशमा स्थानीय सरकार मार्फत युवाहरुलाई प्राविधिक शिक्षा र रोजगारको अवसर दिन माग समेत गरे । हरैया मावि गैडहवाका राम शुभव केवटले भने “सरकारले मार्कसिट त दियो तर सिप दिएन । ” स्थानीय स्तरमा युवा शसतिmकरणका लागि गठन गरिएका युवासंग सम्बन्धित विभिन्न युवा संजालका अगुवाहरुले आआफ्ना सुझाव तथा जिज्ञाशाहरु राख्दै १० वर्ष पहिलेका युवाहरुको विषयमा शंकलन गरेको तथ्यांकको आधारमा अहिलेका युवाहरुलाई आकलन गर्न नहुने तर्क गरे । युवाहरुको सिपमा दक्षता वृद्धि गर्ने खालका कार्यक्रमहरु ल्याउन, शैक्षिक प्रमाणपत्र धितो राखेर उपलब्ध गराउने कर्जालाई सरल र सहज बनाउन, कृषि,पर्यटन लगायतका क्षेत्रमा युवाहरुको आर्कषण बढाउने खालका कार्यक्रम ल्याउन, नीति निर्माण तहमा युवाको सहभागिता बढाउन उनीहरुले माग गरे ।

प्रदेशमा युवा मन्त्रालयको खाचो समेत उनीहरुले औल्याए । कार्यक्रममा यौनिक तथा अल्पसंख्यक युवाहरुको विषयमा सरकारले कुनै पनि व्यवस्था नगर्नु दु:खदायी भएको भन्दै घरदेखि विद्यालय,समाजदेखि कार्यालय,सार्वजनिक स्थान सबैमा यो समुदायको अधिकारलाई ख्याल गर्न अनुरोध गरेका थिए । कार्यक्रमको सहजीकरण युवा समितिका अध्यक्ष वसन्त ढकालले गर्नुभएको थियो । युवाहरुको सुझाव संकलन गरेर उनीहरुको भावना अनुसार प्रदेश सरकारले युवा शसक्तिकरणका कार्यक्रम ल्याउने सामाजिक विकास मन्त्री शुर्दसन प्रसाद बरालले जानकारी दिनुभयो ।

श्रमको पहिचान गर्ने संस्कृतिको कमि हुंदा वेरोजगार बढ्यो : मुख्य मन्त्री पोख्रेल

प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले श्रमको पहिचान गर्ने संस्कृतिमा कमि हुंदा नेपाली युवाहरु वेरोजगार बन्नु परेको बताउनु भएको छ ।

बुधबार भैरहवामा युवाहरुसंग अन्तरक्रिया गर्दै मुख्य मन्त्रीले भन्नुभयो “ हामीमा कामको विषयमा बुझाई गलत छ , ठुलो काम सानो काम भन्ने सोंचाईका कारण देशमा प्रशस्त रोजगारीका अवसर हुंदाहुदै पनि नेपाली युवा विदेश पलायन भएको अवस्था छ ।”

नेपालमै आत्म निर्भर रहेको सिमेन्ट उद्योगमा प्राविधिक ज्ञान भएका कामदारको संख्या निकै न्युन छ , मौसम अनुसारका कामहरु जस्तै सिरक डसेना बनाउने,कुकर,फ्रिज विग्रेमा मर्मत गर्ने व्यतिm हामीकहां छदै छैनन् उहांले भन्न्ुाभयो ।ं आफ्नो समाजमा त्यही काम गर्न नरुचाउने युवाले विदेशमा गएर भने उस्तै काम गरिरहेको मुख्य मन्त्री पोख्रेलको भनाई थियो । श्रमको पहिचान गरेर आफुसंग भएको श्रमलाई देशमै लगाउन युवाहरुलाई आग्रह गर्नुभयो । विगत लामो समय राजनीतिक परिवर्तनमा खर्च भएको भन्दै मुख्य मन्त्री पोख्ेलले अब प्रदेश सरकारले युवाहरुका लागि विषेश कार्यक्रम ल्याउने र विदेश जाने परिस्थितिको अन्त्य गर्ने आश्वसन दिनु भयो ।

आफै नियमको अवज्ञा

चीनको बुहानबाट फैलिएको कारोना भाईरसका कारण विश्व त्रसित छ । यसको प्रकोप धेरै भएका देशहरुमा शहर नै बन्द छन् । मानिसलाई बाहिर हिडडुलमा समेत रोक लगाईएको छ । छिमिकी देश चीन र भारतमा कोरोना संक्रमितको संख्यामा बृद्धिभएसंगै नेपालमा पनि संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले प्रशासन मार्फत भिडभाड हुने खालका कार्यक्रम नगर्न नगराउन,सभा सम्मेलन नगर्न तथा धरै व्यतिm एकै ठाउंमा जम्मा नहुन निर्देशन जारी गऱ्यो । तर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले यसको अवज्ञा गर्दै बुधबार मुख्य मन्त्रीसंग युवा कार्यक्रम संचालन गरेको छ ।

करीब १ सय जना युवा तथा मन्त्रालयका कर्मचारीहरुलाई जम्मा गरेर भैरहवाको शैक्षिक तालिम केन्द्रमा उतm कार्यक्रम गरिरहदा कोरोनाको संक्रमणबाट बच्ने कुनै पनि सावधानी अपनाईएको पाईएन् । न त कसैको मुखमा माक्स थियो न त हात धुने व्यवस्था नै । यसरी जिम्मेवार निकायबाटै असावधानी हुंदा यसले भोलि निम्त्याउन सक्ने भयावहको जिम्मेबार को हुने ?