सामुहिक विद्यालय परिवारद्धारा कोभिड १९ को बारेमा सचेतना कार्यक्रम

भैरहवा,फागुन २९ । सामुहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा कोभिड १९ बाट सुरक्षित हुने उपायका बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

परिवारले विहीबार भैरहवामा एक कार्यक्रमको आयोजना गरि चिकित्सकहरुसंगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको परिवारका कार्यवाहक अध्यक्ष राज कुमार गुरुङ्घले जानकारी दिनुभयो ।

कार्यक्रममा युनिभर्षल मेडिकल कलेज भैरहवाका प्रोफेसर डा.रानोमल परियानाले कारोना भाईसरको जोखिम नेपालमा उच्च रहेपनि यसबाट हतोत्साहित हुनु पर्ने अबस्था नरहेको बताउनु भयो । यो समयमा सरकारले केही गरेन भन्दा पनि आफुहरु नै व्यतिmगत सरफाईमा ध्यान दिन उहाले सबैलाई सल्लाह दिनुभयो । कोरोना भाईरसबाट बच्नका लागि साबुन पानीले हात धुने,ह्याछ्यु गर्दा रुमालले छोपेर गर्ने, एकआपसमा हात नमिलाउने,नमस्कार गर्ने लगायतका सावधानी अपनाउन सके यसको संक्रमणबाट बच्न सक्ने डा. परियानाको राय छ । सावधानी अपनाउदा अपनाउदै पनि कसैलाई ज्वरो आएमा,पखाला लागेमा,स्वासप्रस्वासमा असहज भएमा नजिकको स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव उहांको छ ।

यस्तै कार्यक्रममा डा. सरस्वती भट्टराईले कोरोनाबाट बच्न स्वयमले सावधानी अपनाउन अनुरोध गर्नुभयो ।

विकसित देशहरुलाई समेत यसबाट नागरिकलाई जोगाउन धौधौ परेको अवस्थामा हाम्रो जस्तो देशमा सरकारको मुख ताकेर मात्र बस्न नहुने डा. भट्टराईको भनाई छ । भैरहवा क्षेत्रका १८ वटा विद्यालयहरु सम्मिलित सामुहिक विद्यालय परिवारे कोरोनाको संक्रमणबाट बच्ने उपायहरुका बारेमा आआफ्ना विद्यार्थीहरुको घरघरमा पुगेर पर्चा पम्ल्लेट लगायत सचेततनाका कार्यक्रमहरु गर्न लागेको परिवारका पुर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक गम्भिर गुरु◊ले जानकारी दिनुभयो । कोरोना नेपालमा पहिलो पटक जनवरी २४ मा एक व्यतिmमा प्रमाणित भएको थियो । यसबाट नेपालमा कसैले पनि ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छैन् ।

परिवारका सचिव युवराज पोखरेल संचालनमा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष,पदाधिकारी,सदस्य,शिक्षक लगायतको उपस्थिति थियो ।