सिदार्थनगर नगरपालीका १५ बर्षे रणनितिक योजना बनाउदै ।


भैरहवा फागुन २९
सिदार्थनगर नगरपालीले १५ बर्षे रणनितिक योजना बनाउनका लागी बिहिबार देखी भैरहवामा एकिकृत बिकास योजना निमार्ण सम्बन्धी छलफल सुरु गरेको छ ।
नगरपालीकाको आर्थिक , भौतीक पुर्बाधार , शिक्षा, स्वास्थ्य , कृर्षि लगायतको बिषयमा दिर्घकालीन योजना बनाउने उदेश्यले दुई दिने छलफलको आयोजना गरिएको सिदार्थनगर नगरपालीकाका कार्यकारी अधिकृत तुल्सी प्रसाद मरासिनिले बताउनु भयो ।
बिहिबार र सुक्रबार गरि दुई दिन सम्म संञ्चालन हुने छलफलमा सिदार्थनगरको दिर्घकालीन बिकासका लागी नगरका बिभिन्न संघ संस्थाका प्रतिनीधीहरु , राजनैतिक दलका प्रतिनीधीहरु लगायतको सहभागीता रहेको छ ।
सिदार्थनगर नगरपालीकाले यस अगाडी पनि एकिकृत बिकास योजना निमार्ण सम्बन्धी कार्यक्रम गरेको थियो । जस्को उपलब्धी नगरपालीकाले हाल संम्पन्न भएको योजनाहरु एकिकृत सहरी बिकास आयोजना , क्षेत्रीय सहरी बिकास आयोजनालाई लिईएको छ । यि योजनाहरु सम्पन्न भए पछि सिदार्थनगरको कृर्षी , पर्यटन , पुर्बाधार लगायतको अवस्था कस्तो छ भनेर पहिचान गर्नका लागी कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम सम्पन्न गर्नका लागी सिदार्थनगर नगरपालीकाले राष्ट्रिय योजना आयोग समक्ष सहयोग मागे अनुरुपम आयोगले तिन महिनाका लागी जनसक्ती उपलब्ध गराएर कार्यक्रम सम्पन्न गर्न लागेको हो । यस कार्यक्रममले नगरपालीकाको बिकासमा ५ बर्षे योजना र १५ बर्षे दिर्घकालीन योजना सार्बजनिक हुनेछ । छलफल कार्यक्रममा संम्बिधान सभा सदस्य आदित्यनारायण कसौधन , नगरपालीकाका मेयर हरी प्रसाद अधिकारी , उपमेयर उमा काफ्ले लगायत रहनु भएको थियो देब ज्ञवालीले सहजीकरण गर्नु भएको थियो ।
छलफल कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाले भैरहवा शहरको विकासको लागी साढे १३ अर्व भन्दा बढिको योजना सार्बजनिक गरेको छ । नगरपालिकाले शहरको एकिकृत बिकासको लागी करिव ३ अर्व ५४ करोड भन्दा बढिको योजना अघि बनाएको हो ।
१५ बर्षे योजनामा नगरपालिकाले शहरको सबैभन्दा बढि डण्डा कोरिडोर निर्माणको लागी ५ अर्व २४ करोड भन्दा बढिको योजना अघि बढाएको छ ।
यस्तै नगरपालिकाले सडक निर्माणको लागी ४ अर्व १५ करोड भन्दा बढिको योजना अघि बढाएको छ । नगरपालिकाले मोनोरेलको लागी संभाव्यता अध्ययन पनि अघि बढाउने भएको छ । २ बर्ष भित्र संभाव्यता अध्ययन सक्ने गरि नगरपालिकाले मोनोरेलको लागी १ करोडको योजना अघि बढाएको छ ।
नगरपालिकाले बसपार्कको लागी १४ करोड, पानी र सिंचाईको लागी ७५ करोड, बिधुत तथा संञ्चारको लागी १४ करोड, ढल निकासाको लागी १ अर्व ५९ करोड, फोहर ब्यवस्थापनको लागी २० करोड, आवास क्षेत्रको लागी ४.९ करोड, पंचवाटिका पार्कको लागी ६.९ करोड, भैरहवा गेटको लागी ६ करोड, सामुदायिक कृषी विकास योजनाको लागी ३६ करोड, सिद्धार्थ क्रिकेट रंगशालाको लागी २५ करोड, सामाजिक विकासमा शिक्षाको लागी २३.७ करोड र स्वास्थ्यमा ८१ करोडको योजना बनाएको छ ।