स्थगित भयो शम्भुजित एकल सांझ

भैरहवा,फागुन २९

जेसिआई सिद्धार्थ लेडि नेपालले भैरहवामा गर्ने भनिएको शम्भुजित बास्कोटा एकल सांझ कार्यक्रम स्थगित भएको छ ।

संस्थाले हाल विश्वमा देखिएको कोरोना भाईरसको प्रकोपको त्रासका कारण स्थानीय प्रशासनले जारी गरेको सुचनालाई मध्येनजर गर्दै कार्यक्रम स्थगित गरिएको विहीबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा लेजि जेसिसका अध्यक्ष तुलसा पाण्डेले कार्यक्रमको सम्पुर्ण तयारी गरेर पनि अन्तिम अवस्थामा स्थगित गर्नु परेकोमा निकै दु:ख लागेको बताउनु भयो । उहांले भन्नु भयो “ सबैतर्फ एडभान्स भुतmानी गरिसकेका छौं,करीब साढे चार सय टिकट विक्री भईसकेको अवस्थामा हालको परिस्थितिलाई बुझेर कार्यक्रम स्थगित गरेका छौं ।”

संस्थाले वर्षभरि गर्ने कामहरुका लागि आर्थिक संकलन गर्ने उद्देश्यले फागुनको ३० गते शुक्रबार सांझ ५ बजेदेखि भैरहवास्थित होटल पौवामा कार्यक्रम तय भएको थियो । कोरोना भाईरसको जोखिम कम भई सहज परिस्थिति हुने वित्तिकै कार्यक्रम आयोजना गरिने हुंदा आफुसंग भएको टिकट सुरक्षित राख्न समेत अनुरोध गरिएको छ । संस्थाले यो वर्ष भैरहवास्थित लिलाराम न्यौपाने माविमा कारोनाका बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यस्तै होली मिलन कार्यक्रम,वनभोज कार्यक्रम,प्रजातन्त्र दिवसमा भैरहवाको देवकोटाचोकमा द्धिप प्रज्वलन लगायतका कार्यक्रमहरु समेत सम्पन्न गरिएको संस्थाका महासचिव गिता बन्जाडेले जानकारी दिनुभयो ।