स्थानियको अवरोध पछि सिदार्थनगरको फोहर उठ्न सकेन ।


भैरहवा फागुन २९,
सिदार्थनगर नगरपालीका वडानं १ र २ का स्थानियको अवरोध संगै नगरको फोहर संकलन हुन सकेको छैन । बुधबार देखी डण्डा खोला किनारमा फोहर फाल्न स्थानियले रोक लगाए संगै नगरमा फोहर संकलन कार्य रोकीएको छ ।
सिद्धार्थनर नगरपालिकामा डम्पिङ साइडको बारेमा बिवाद भएपछि शहरभित्रको बिभिन्न क्षेत्रको फोहर उठ्न सकेको छैन । नगरको फोहोर डण्डा नदी किनारमा फाल्दै आएको थियो। दैनिक करिब ३० देखी ४० टन फोहोर नदी किनारमा फालिदा सयौ नागरिकको स्वास्थ्य प्रति नगरपालिकाले खेलवाड गरेको भन्दै स्थानीय वडा नं. १ र २ का नागरिकले फोहोर फाल्न अवरोध गरेका हुन ।
फोहोर व्यवस्थापनबारे सिद्धार्थनगर नगरपालिकाले प्रभावकारी काम गर्न नसकेको स्थानियको आरोप छ । नगरपालिकाले फोहोर व्यवस्थापनमा बिभिन्न पटक प्रयास गर्दा पनि सफल नभएपछि डण्डा किनारमा फालिदै आएको फोहोर दुर्गा्न्धित भएपछि बाध्य भएर फोहोर फाल्न रोक लगाएको स्थानीयले बताएका छन् । बुधवार देखी फोहर संकलन नभए पछि अहिले नगरका चोक चोकमा फोहर थुप्रिएका छन् । सिदार्थनगर नगरपालीकाका मेयर हरी प्रसाद अधिकारीले समस्या समाधानका लागी प्रयास भैरहेको बताए ।