मायादेबी च्यारीटेवल ट्रस्टले भुजौली प्राथमिक बिध्यालयको भवन बनाउने

भैरहवा, फागुन ३० । मायादेबी च्यारीटेवल ट्रसले सिदार्थनगर नगरपालीका वडानं ११ मा रहेको भुजौली प्राथमिक बिध्यालयको भवन बनाउने भएको छ । भवन निमार्णको बिहिबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । दुई चरणमा बन्ने पांच कोठे भवन २०१८ सालमा स्थापना भएको भवन निकै जिर्ण अवस्थामा रहेकाले आफुहरुले भवन निमार्णका काम सुरु गरेको च्यारीटेवलका संस्थापक रबि रौनियायले बताए । करिब ६८ लाखको लागतमा दुई तल्ले भवन बन्ने रौनियारले बताए । बिध्यालयको गुरु योजनानै बनाएर योजनाबद्ध रुपमा काम अगाडी बढ्ने उनले बताए । पहिलो चरणमा ४२ लाखको लागतमा पांच कोठाको ढलान गरेको भवन बन्ने छ भने दोस्रो चरणमा २६ लाख रुपैयाको लागतमा माथील्लो तलामा ट्रसको भवन बन्ने छ । बिहिबार एक कार्यक्रमका बिच भवन निमार्ण कार्यको सुभारम्भ गरिएको थियो । कार्यक्रम ट्रसका संस्थापक राम स्वारत गुप्ताको सभापतित्व तथा लुम्बिनी निमार्ण ब्यावसायि संघका अध्यक्ष बिनय ज्ञवालीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । मायादेबि च्यारीटेवल ट्रसका अध्यक्ष रबि रौनियारको स्वागतमा संम्पन्न कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई , ठाकुर कुमार श्रेष्ठ , ताहीर अली , मिलन बस्नेत , बिजया खत्री , राजाबाबु क्षेत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।