कोरोना सम्बन्धी भैरहवामा सचेतना गोष्ठी

भैरहवा, चैत २ । बिश्व उपभोक्ता अधिकार दिवसको अवशरमा भैरहवामा अन्तरक्रिया तथा सचेतना गोष्ठी भएको छ । गोष्ठी उधोग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको आयोजनामा भएको हो ।
गोष्ठी निर्देशनालयका कार्यालय प्रमुख यम बहादुर कुवरको अध्यक्षतामा भएको हो । गोष्ठीमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका छाती रोग बिशेषज्ञ रानो मल प्रियानीले कोरोना भाइरस संक्रमण बारे सचेतना दिनुभयो । यस्तै गोष्ठीमा उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष तेज कुमार पाठक तथा खाध्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाका बरिष्ठ खाध्य अनुशन्धान अधिकृत विमल कुमार दहालले खाध्य स्वच्छता र गुणस्तर बारे प्रस्तुती दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, भगवती भण्डारी, ज्ञानु पौडेलले मन्तव्य दिनुभयो ।