सक्षम सहारा बहुउद्देश्यीय महिला समुह द्वारा कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना

भैरहवा, चैत १। सक्षम सहारा बहुउद्देश्यीय महिला समुहले कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं ६ किशोरपुरमा समुहले शनिवार कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको छ । समुहकी अध्यक्ष शान्ता कंडेलले जनतामा कोरोना भाइरसको त्रास बढ्दै गएकोले सचेतना फैलाउनु पर्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा छाती रोग बिशेषज्ञ प्रा डा रानो मल प्रियानीले कोरोना भाइरसको बारेमा बताउदै यसबाट सावधानी अपनाउन गर्नुपर्ने विधी बारे बताउनुभएको हो । कार्यक्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका रेडियोलोजिष्ट साधना मुखी, प्रशासन प्रमुख तेज केसी, लुम्विनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाई, महासचिव सम्झना शर्मा, मायादेवी च्यारिटेवल फाउन्डेशनका अध्यक्ष रवि कुमार रौनियार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम रविना भण्डारी र कल्पना ज्ञवालीको स्वागत र लाजिना देवकोटाको संचालनमा भएको हो ।