सिद्धार्थनगर फोहर ब्यवस्थापन समस्या – दीर्घकालिन योजना बनाउन सुझाव

भैरहवा, चैत २ । सिद्धार्थनगर नगरपालिकामा फोहर ब्यवस्थापनको लागी दिर्घकालिन समाधानका लागी योजना बनाएर अगाडी बढ्न सरोकारवालाहरुले सुझाव दिएका छन् । नगरपालिकामा फोहर ब्यवस्थापनको बिषयमा बिवाद बढेपछि सर्वपक्षिय बैठक बसेर सरोकारवालहरुले तत्कालको लागी स्थानिय संग सहमती गरेर समस्या समाधान गरेपनी दिर्घकालिन रुपमा समस्या समाधानको लागी योजना बढाएर अगाडी बढ्नु पर्ने सुझाव दिएका हुन् ।
नगरपालिकाले विगत ३ दशक देखि अस्थायी रुपमा वडा नं १ स्थित डण्डा खोला किनारमा फोहर डम्पिङ गर्दै आएको थियो । उक्त क्षेत्रका स्थानियले बिरोध जनाएपछि बिगत एक हप्ता देखी नगरको फोहर उठ्न सकेको थिएन ।
सिद्धार्थनगर नगरपालिका १ मा डम्पिङ साइट भए पनि यसको अशर वडा नं २ का स्थानिय तथा नजिकै रहेको कृषी क्याम्पसमा अध्ययनरत बिध्यार्थी तथा शिक्षकले भोग्दै आएका छन् ।
नगर क्षेत्रको फोहर उठ्न नसकेपछि नगरपालिकाले समाधानको उपाय खोज्दै सर्वपक्षिय छलफल गरेको हो । सर्वपक्षिय छलफलमा स्थानिय शुशिल गुरुङले नगरपालिकाले फोहर व्यवस्थापनको लागी प्रयोग गर्दै आएको वडा नं १ को डम्पिङ साइटका कारण स्थानियको स्वास्थमा जटिल समस्या आएको बताए । गुरुङका अनुसार फोहरका कारण मच्छेट, दुर्गन्ध लगायतका समस्या भएको जानकारी दिए । गुरुङका अनुसार नगरपालिकाले फोहर ब्यवस्थापनको लागी दिर्घकालिन रुपमा योजना बढाएर अघि बढ्नु पर्ने छ ।
यस्तै स्थानिय दिपक थापाले नगरपालिकाले डम्पिङ साइट बाट स्थानियले भोग्दै आएको समस्या बारे नगरपालिका गम्भिर नभएको गुनाषो गरे । स्थानिय तथा वडा नं २ वडा सदस्य राजेन्द्र खड्काले तत्काल फोहर ब्यवस्थापन हुदै आएको उक्त क्षेत्रलाई संवेदनशिल क्षेत्र घोषणा गरेर स्थानियको स्वास्थ्यमा आउने गरेको समस्या न्युनिकरणको लागी नगरपालिकाले ध्यान दिनुपर्ने बताए । खड्काले दिर्घकालिन फोहर ब्यवस्थापनको लागी प्रभावकारी योजना निर्माणमा नगरपालिकाले बिशेष चासो देखाउनुपर्ने माग गरे ।
छलफलमा सिद्धार्थ उधोग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले फोहर ब्यवस्थापनको समस्या दिर्घकालिन रुपमा समाधानको लागी छिमेकमा रहेको अन्य स्थानिय पालिकाहरु संग छलफल गरेर एकिकृत रुपमा फोहर ब्यवस्थापन गर्न छलफल अघि बढाउनु पर्ने बताए ।
उधोग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारी, लुम्विनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाई, उपाध्यक्ष नरेश केशी, कोषाध्यक्ष दिपक घिमिरे, संघिय समाजवादी पार्टी सिद्धार्थनगर नगरपालिका अध्यक्ष अर्जुन जयसवाल, समाजसेवी भरत पोखरेल, नेकपा नेता राजेन्द्र पन्थी, नेकपा जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर नगरकमिटी इन्चार्ज तिर बहादुर रोक्का (डार्विन), सिद्धार्थ उधोग बाणिज्य संघका महासचिव नेत्र आचार्य, नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष दिपक न्यौपाने, नेपाली कांग्रेश सिद्धार्थनगर नगर सभापती दिलिप धिताल लगायतले बोल्दै नगरपालिकाको फोहर ब्यवस्थापनको लागी दिर्घकालिन योजना बनाउनुपर्ने, फोहर गर्नेलाई जरिवानाको नियम कडाइका साथ लागु गर्नुपर्ने, प्लाष्टिक मुक्त नगर बनाउनु पर्ने लगायतको सुझाव दिएका छन् ।
छलफलमा बोल्दै सशस्त्र प्रहरी प्रमुख उपरिक्षक तेज पोखरेलले नगरपालिका फोहर ब्यवस्थापनको समस्या हल गर्न गम्भिर भएर अघि बढ्नुपर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले नगरपालिकाले फोहर ब्यवस्थापनको लागी राजनितिक तह बाट छलफल अघि बढाएर छिमेकी पालिकाहरु संग छलफल गरेर एकिकृत रुपमा डम्पिङ साइट निर्माणको लागी योजना अघि बढाउनु पर्ने सुझाव दिए ।
छलफलमा बोल्दै नगरप्रमुख हरि प्रसाद अधिकारीले फोहर ब्यवस्थापनको समस्या हल गर्न नगरपालिका गम्भिरताका साथ अघि बढेको बताए । अधिकारीले नगरपालिकाले बिगतमा डम्पिङ साइट निर्माणको लागी प्रयास गरे पनि असफल भएकोले काम गर्न नसकिएको जानकारी दिए । अधिकारीका अनुसार नगरपालिका फोहर ब्यवस्थापनको लागी प्रभावकारी योजना निर्माण गर्न गम्भिर रहेको छ ।
छलफल कार्यक्रममा नगर उपप्रमुख उमा काफ्ले, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्री, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तुल्सी मरासिनी, बरिष्ठ इन्जिनियर शैलेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।